प्रतिनिधि सभामा आज प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

419
views

असार २ ,काठमाण्डौ । प्रतिनिधि सभाको आजको वैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । वैठक दिउसो १ वजे वस्नेछ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयका सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रश्नको जवाफ दिने काम सकिएपछि बिहीबार नै अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।