करका दररेटहरुमा पूर्ण जिम्मेवार छु ः अर्थमन्त्री शर्मा

410
views

२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करका दररेटहरुमा आँफु पुर्ण जिम्मेवार रहेको वताएका छन् । करको दरहरु कायम गर्दा कुनै पनि राष्ट्रघात नभएको समेत शर्माले दावी गरेका छन् ।

बिहीबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु, किनकी यहाँ कुनै राष्ट्रघात भएको छैन ।’

फाईल फोटा


डलरको सञ्चिति, आयात र उत्पादनलाई समेत ध्यानमा राखेर दरहरु परिवर्तन गरिएको उनले दावी गरे ।अर्थमन्त्री शर्माले बजेटको अघिल्लो दिन आफू साढे ११ बजेदेखि पौने १२ बजेको बीचमा पुल्चोक गएर आराम गरेको र बिहान ६ बजे मन्त्रालय आएको स्पष्टीकरण दिएका छन् । बजेट आउने अघिल्लो रात अनाधिकृत व्यक्ति छिरेर करका दरमा हेरफेर गरेको आरोपबारे संसदमा स्पष्ट पार्दै अर्थमन्त्री शर्माले मन्त्रालयमा को आउँछ, जान्छ, आफूलाई थाहा नहुने समेत बताए । ‘सचिव, डिजीसहित मिलेर बनाएको बजेटको जिम्मेवारी म लिन्छु,’ मन्त्रालयमा कुन मान्छे आउँछन् जान्छन् त्यो मलाई थाह हुँदैन , शर्माको भनाई छ ।