अर्थमन्त्रीको राजिनामा माग गर्दै एमालेले ग¥यो प्रतिनिधी सभाको वैठक वहिष्कार

355
views

असार २,काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको छ । आउँदो आर्थिक वर्षको बजेटमा करका दर निर्धारण गर्दा अनियमितता गरेको भन्दै संसद् बहिष्कार गरेको हो ।एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग गरेको छ ।

आजको बैठकको सुरुमै एमालेका सांसद भानुभक्त ढकालले अर्थमन्त्रीले देश र संसदकै बदनाम हुने गरी तथा अर्थतन्त्रलाई थप धरापमा पार्ने क्रियाकलाप गरेको भन्दै राजीनामा नआएसम्म संसद् चल्न नदिने वताए ।

एमालेका सांसदले उठेर विरोध जनाए पनि सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिन समय प्रदान दिए । अर्थमन्त्रीले बोल्दा बोल्दै एमालेका सांसदले बैठक बहिष्कार गरेर बाहिर निस्किएका छन् ।