शृङ्गार रसका वादशाह एन.पी. घायलको प्रेमिल शृङ्गार

980
views

गजल
ओठमा हाँसोको भेलवाडी चल्छ ।।
नजरमा हराउने जो केही ढल्छ।।


हृदयमा पिरतीको फूल्छ गुलाव।
रागमा को ज्यूँछ खै को जल्छ?

यो दुनियाँले प्रतिस्पर्धा गरोस् ।
हेरौँला कस्को तिउरामा वल छ।।

रातकी रानी ऐश्वर्य हुँ मन्सा ।
राजकुमार पनि यत्तिकै गल्छ।।

घायल भएर यसरी नहिन यार ।
थाछैन? रोपे फल रुखमा फल्छ।।
एन पि घायल पर्वत ।