युक्रेनमा जारी युद्धमा १० हजार बढी नागरिकको मृत्यु भएको राष्ट्रसंघको भनाई

415
views

असार ४ , काठमाडौं । युक्रेनमा जारी युद्धमा १० हजार भन्दा बढी नागरिकको मृत्यु भएको संयुक्त राष्ट्र संघले वताएको छ । रुसले आक्रमणका क्रममा तोप, मिसाइल र हवाई हमला गर्दा धेरै नागरिक विस्फोटमा परेको जनाइएको छ ।राष्ट्रसंघले हालै एक प्रतिवेदन प्रकाशित गरेर रुस र युक्रेनबीच भइरहेको युद्धमा मृत्यु हुनेमा सयौं बालबालिका रहेको उल्लेख गरेको हो ।

सोही प्रतिवेदन अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४ हजार ५ सय ९ जना नागरिकको मृत्यु भएको थियो भने पाँच हजार ५ सय ८५ जना घाइते भएका थिए ।

जसमध्ये मृत्यु हुनेमा २ सय ९४ बालबालिका रहेको राष्ट्र संघले जनाएको छ । अधिकांश नागरिकको युद्ध प्रभावित क्षेत्रमा भएको विस्फोटमा परेर मृत्यु भएको हो ।