चोरी गरेको ३ महिनापछि प्रहरी नियन्त्रणमा

383
views

पर्वत, ३०, भदौ । जिल्ला प्रहरी कार्यालय पर्वतले नगद सहित सामान चोरी गर्ने एकजनलाई तीन महिनापछि पक्राउ गरेको छ ।

बैशाख २५ गतेका दिन पर्वत कुश्माको खरेहा स्थित होटल बृज भ्यूबाट नगद एकलाख असी हजार रुपैयाँ सहति लेनोभो कम्पनीको ट्याबलेट चोरीमा संलग्न कुश्मा नगरपालिका–३ का १९ बर्षिय आषिश सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

होटल संचालकको जाहेरीको आधारमा पक्राउ परेका सुनारलाई चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक आठ दिनको म्याद थप गष्री अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकृत एवं प्रहरी निर्ीक्षक प्रकाश राउतले जानकारी दिए ।