प्रतिनिधि सभामा रास्वापा ३ ठाउँमा विजयी, समानुपातिकमा १ लाख मत

648
views

काठमाण्डौं, ७, मंसिर । प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले दुईलाख २० हजार मत कटाएको छ । पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २ लाख २० हजार ५१७ मत प्राप्त गरेको छ ।

त्यस्तै कांग्रेसले १ लाख ९७ हजार ५४३ मत प्राप्त गरी दोस्रोमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा समानुपातिकमा १ लाख १ हजार ५४३ ल्याएको छ । उसले प्रत्यक्षतर्फ काठमाण्डौका तीन वटा क्षेत्रमा जित हासिल गरेको छ ।

माओवादी केन्द्रले ९१ लाख ९५५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१ हजार ७८८, जनता समाजवादी पार्टी, नेपालले १६ हजार ८४८, जनमत पार्टीले १६ हजार १७१, नेपाल मजदुर किसान पार्टीले १३ हजार ६१५ नेकपा (एकीकृत समाजवादी)ले ११ हजार ९५२, नागरिक उन्मुक्ति पार्टीले १० हजार २२६ र अन्यले ४५ हजार ९७८ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।