उपप्रधानमन्त्री श्रेष्ठ आज दोहा जाँदै

441
views

काठमाडौं, १९, फागुन । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज कतारको राजधानी दोहा जाँदैछन् । अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ आज साँझ दोहा प्रस्थान गर्न लागेका हुन् ।

श्रेष्ठका सचिवालयका एक सदस्य विजय गौतमका अनुसार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूत लगायत छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार श्रेष्ठले ५ देखि ९ मार्च (फागुन २१ गतेदेखि २५ गतेसम्म) दोहामा आयोजना हुने सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नेछन् । उनी भने ७ मार्च (फागुन २३ गते) स्वदेश फर्किने कार्यक्रम छ ।