रवि लामिछाने विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

379
views

काठमाण्डौं, १०, जेष्ठ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।

आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निणर्य बदर गर्दै मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछाने विरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो ।

गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको थियो । तर, मंगलबार प्रशासनको निणर्य विरुद्ध २ जेठमा युवराज पौडेल सफलले दिएको निवेदन उपर सुनुवाइ गर्दै सर्वोच्च अदालतले लामिछाने विरुद्ध रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो ।