अन्तराष्ट्रिय पर्वत समाजको अध्यक्षमा–गुणराज शर्मा

544
views

पर्वत । अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्मा अध्यक्षमा निर्वाचित भएका छन् ।

संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । हाल स्विटरजरल्याण्डमा बसोबास गर्दै आएका शर्मा नेतृत्वको बरिष्ठ उपाध्यक्षमा दधी आचार्य (बेलायत), उपाध्यक्षहरुमा श्री बाबुराम शर्मा (अमेरिका), शेषराज तिमिल्सिना (कतार), मणि प्रसाद भुर्तेल (युएई), सुभाष लामिछाने (जापान), महिला उपाध्यक्षमा संगिता कार्की कुँवर (दक्षिण कोरिया) चयन भएका छन् ।

महासचिवमा प्रकाश पौडेल (बेल्जियम), सचिवमा क्रमश कमल लामिछाने (युएई), रुद्रमणी लम्साल (वेल्जियम), सन्तोष पौडेल (स्पेन), नवीन पराजुली (दक्षिण कोरिया) र रामकृष्ण रेग्मी (क्यानडा) रहेका छन् ।

कोषाध्यक्षमा तिलक सापकोटा (युएई ), क्षेत्रीय संयोजकहरुमध्ये मध्य पुर्व संयोजकमा राम शर्मा (बहराइन), एसिया प्यासिफिक संयोजकमा मुक्ती रेग्मी (जापान) र अमेरिका सम्योजकमा रबिन शर्मा चुनिएका हुन् ।

समाजको सदस्यहरुमा युवालाल सापकोटा (युएइ), ओम प्रकाश न्यौपाने (युएइ), रमेशराज जैसी (जापान), सेवक वि.क. (कतार), विकास लामिछाने (कतार), नन्दलाल वि.क (कतार) र विनोद जिसी (स्विजरल्यान्ड) रहनुभएको छ ।त्यस्तै नेपाल प्रतिनधी मुना भुषाल चयन भएका छन् ।