विमानस्थल सुन प्रकरणः काण्ड, छानबिन, फेरि काण्ड

2314
views

काठमाडौं-

–२०७३ पुस २१

विमानस्थल भन्सार पार गरेर दुबईबाट आएको साढे ३३ किलो सुन प्रहरीद्वारा बरामद। दुई भन्सार अधिकृत र एक सुब्बा पक्राउ, संगठित अपराधमा मुद्दा दर्ता। केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान जारी। भन्सार विभाग छानबिन समितिको अनुसन्धान जारी।

–२०७३ असोज ३०

साउदी अरेबियाबाट फर्किएका १८ नेपालीको लगेज चोरी। छानबिन समिति गठन। नतिजा शून्य।

–२०७२ भदौ १२

विमानस्थल भन्सारका ३४ मध्ये ३० कर्मचारी अनुपस्थित। अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण। टर्किस एअरबाट आएका यात्रुको जाँच गर्न समस्या।