साझाले उपत्यकाबाहिर नयाँ २० डिलक्स बस थप्ने

2336
views

ललितपुर— साझा यातायात प्रालिले उपत्यकाबाहिर सुविधासम्पन्न २० वटा डिलक्स बस सञ्चालन गर्ने भएको छ।

काठमाडौं–बाग्लुङ, काठमाडौं–लुम्बिनी, काठमाडौं–वीरगन्ज, काठमाडौं–जनकपुर, काठमाडौं–कृष्णनगर, काठमाडौं–बेनी लगायत रूटमा बस थप गर्न लागिएको हो।

शुक्रबार ललितपुरमा भएको साझा यातायात सहकारी संघको १०औँ साधारणसभामा साझा यातायात सञ्चालक समिति कार्यकारी अघिकृत महेन्द्रराज पाण्डेले नयाँ बस थप्ने तयारी भएको जानकारी दिए।

काठमाडौं–बाग्लुङ, काठमाडौं–लुम्बिनी, काठमाडौं–वीरगन्ज, काठमाडौं–जनकपुर, काठमाडौं–कृष्णनगर, काठमाडौं–बेनी लगायत रूटमा बस थप गर्न लागिएको हो। नयाँ बस ६ महिनापछि सञ्चालनमा आउने बताइएको छ।

बस सञ्चालनबापत भएको नाफा र महानगरको सहयोगमा नयाँ बस थप्न लागिएको हो । उपत्यकाभित्र र बाहिर गरी ४६ बस सञ्चालन गरिरहेको साझाको वार्षिक आम्दानी ९ करोड ८ लाख ७६ हजार रहेको जनाइएको छ।