‘हार्न होईन निश्चित रुपमै जित्ने कार्यदिशा अपनाएका छौं’

2094
views

नेपाली क्रान्ति सम्पन्न गर्ने दिशामा ठोस् परिस्थितिको ठोस् विश्लेषण गर्दै हामी अगाडी बढिरहेका छौं । हामीले हारे सन्सारले हार्नेछ । जनताको लागि हामी हार्न होईन निश्चित रुपमै जित्ने कार्यदिशा अपनाएका छौं नेकपा (क्रान्तिकारी माओवादी) पर्वतका ईन्चार्ज तेजेन्द्र पौडेलसँग नवदृष्टिको छोटो कुराकानी

देजमोको वास्तविक अभियान के हो ?
नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्न त्यसको तयारी स्वरुप नेकपा (क्रान्तिकारी माओवादी) ले क्रान्तिको तीन जादुगरी हतियार– पार्टी, सेना र संयुक्त मोर्चाको अवधारणा अन्तर्गत गठन गरेको देशभक्त जनगणतान्त्रिक मोर्चा हो, (देजमो) ।
देजमोको देशव्यापी अबस्था कस्तो छ ?
हामीले देजमोको अभियानलाई देशव्यापी बनाउन सफल भएका छौं । यसले अब संगठनको जालो फिंजाएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले स्थानीय तहको निर्वाचनको मोर्चामार्फत् ‘क्रान्तिकारी उपयोग’ गर्ने नीति लिएपछि पार्टीभित्र र बाहिरबाट मोर्चाप्रति आकर्षण बढेर गएको छ । केन्द्र, राज्य, जिल्ला, नगर÷गाउँ हुँदै वडासम्म देजमो फैलदंै गएको छ । देशैभरी देजमोका जिल्ला कमिटिहरु छन् भने वडासम्म फैलनेक्रम तिव्र छ । स्थानीय तहको निर्वाचन अगाडि नै बाँकी रहेका जिल्लाहरुमा जिल्ला कमिटिहरु बनाइसक्ने र वडा वडासम्म संगठनको जालो फिजाउने लक्ष्य राखिएको छ । पार्टी र देजमोका नेताहरु अहिले जिल्ला जिल्लामा संसदवादीहरुको भण्डाफोर र संगठन विस्तारको कार्यक्रम लिएर जनता समक्ष पुगेका छौं ।
स्थानीय तहको निर्वाचनको उपयोग भन्नुभएको छ, कस्तो खालको उपयोग हो ?
प्रष्ट खालको उपयोग हो यो जनतालाई ढाट्नेहरुका विरुद्धको उपयोग हो । राज्य दोहोन गर्ने तथा जनतालाई भेडाबाख्रा बनाउनेहरु, डन र धनको प्रयोग गर्नेहरुका विरुद्धको भण्डाफोर गर्ने अभियान हो । हाम्रो नाराले नै स्पष्ट बोलेको छ–“स्थानीय तहको निर्वाचनको क्रान्तिकारी–उपयोग गरौं !, देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो), नेपालका उम्मेदवारहरुलाई अत्यधिक मतले–विजयी गराऔं !, सामन्त, दलाल, नोकरशाही र प्रतिकृयावादी तत्वहरुको–भण्डाफोर गरौं !, राष्ट्रघाती, जनघाती र भ्रष्टाचारी तत्वहरुको – भण्डाफोर गरौं !, पश्चगामी संविधान – खारेज गरौं !, संघीय जनगणतान्त्रिक संविधान – निर्माण गरौं !, दक्षिणपन्थी संशोधनवाद – मुर्दावाद !, साम्राज्यवाद, विस्तारवाद – मुर्दावाद !, देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो), नेपाल – जिन्दावाद !” यहि हो हाम्रो चुनावी उपयोगिता ।
कतिपय ठाउँमा उमेदवार नै नभेटिने स्थिति देखापरेको छ नि ?  देजमोलाई ।
यो सरसर्ति गलत । मिडियाले भन्दिने कुरा मात्र हो । हाम्रो संगठनको आँकलन हामीले गरेका छौं । प्रतिक्रियावादीहरुले लगाउने गरेको आरोपलाई प्रचारबाजी नगरौं । यहि डरले चुनाव चिन्ह दिन समेत निर्वाचन आयोग तयार भएको छैन् । देजमो अगाडी आउँछ र निर्वाचन परिणाम गलत आउँछ भनेर तर्सिएका संसदवादी दलहरुको मित्थ्या आरोप हो ।
आन्दोलनमा हुनुहुन्छ, आन्दोलन कि चुनाव ?
दलिय चिन्हका लागि हामी सहित ६८ दल आन्दोलनमा छौं, यो सत्य हो । स्थानीय तहको चुनावमा भाग लिन पाउने आन्दोलन हो । जनताको अधिकारका निमित्तको आन्दोलन हो । ठुला दलको सिण्डकेटका विरुद्धको आन्दोलन हो । स्थानीय तहमा रोकिएको दल दर्ताका विरुद्धको पनि आन्दोलन हो यो । हाम्रो स्थानीय निकायमा सहभागी हुन पाउनु पर्ने माग पनि हो । चुनाव कै लागि ६८ दलको संयुक्त आन्दोलन हो । सञ्चार मिडिया मार्फत यसरी बुझ्न आग्रह गर्दछु ।
गाउँपालिका र नगरपालिकामा उम्मेदवारी दिने तयारी छ ?
देशव्यापी वडा देखी गाउँपालिका÷नगरपालिका हुँदै महानगरपालिकासम्म उमेदवारी दिने तयारीमा छौं ।
स्थानीय तहमा देजमो र अन्य पार्टीसँगको तालमेल हुन्छ कि हुँदैन ?
देशभक्त, राष्ट्रवादी, सच्चा क्रान्तिकारीहरुका बीचको मोर्चासँग चुनावी रणनीति अनुसार तालमेल गर्न सकिन्छ । हामी प्रतिक्रियावादी, दक्षिणपन्थि संशोधनवादीसँग तालमेल गर्ने पक्षमा छैनौं । अझ भन्दा हाम्रो सहभागीताले माके नामको कम्युनिष्ट पार्टी अत्तालिएको छ ।
स्थानीय तहमा पार्टीका व्यक्ति उमेदवार उठ्ने की स्वतन्त्र व्यक्तिलाई उठाउने योजना के छ ?
पार्टीमा भएका तथा देशभक्त राष्ट्रवादीहरुले देजमोको तर्फबाट उमेदवार दिन पाउनेछन् ।