लिओनल मेसीको जुत्ताको नयाँ शो रुम

880
views

एजेन्सी, ५, बैशाख । अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीको बार्सिलोनासँगको सम्झौता लम्बिने विषयमा अहिलेसम्म कुनै टुँगो लागेको छैन । तर, उनकी प्रेमिका आन्टोनेला रोक्युजोले बार्सिलोनाका अर्का स्ट्राइकर लुइस सुआरेजकी श्रीमती सोफिया बाल्बीसँग मिलेर क्याटलान शहरमा जुत्ताको नयाँ शोरुम खोलेकी छिन ।
यो घटनालाई अहिले मेसीको बार्सिलोनासँगको सम्भावित सम्झौता लम्बिने संकेतको रुपमा हेर्न थालिएको छ । मेसीको बार्सिलोनासँगको सम्झौता २०१८ को मध्यमा समाप्त हुँदैछ। उनको विषयमा यो सिजनको अन्त्यमा बार्सिलोनाले निर्णय लिदैँछ। क्लबका अन्य खेलाडीको सम्झौता नवीकरण भइसकेको अवस्थामा मेसीसँगको सम्झौताको विषयमा कुनै टुँगो नलाग्नुले उनी अन्य क्लबमा जान सक्ने अड्कल पनि बढेको थियो ।
बार्सिलोनामा मेसी र सुआरेजको सम्बन्ध निकै राम्रो छ। अझ, उनीहरु एउटै क्षेत्रमा नजिकै बसोबास गर्ने गर्छन्। सुआरेजको अनुबन्ध २०१६ मा बार्सिलोनाले नवीकरण गरेर २०२१ सम्म पुर्याइसकेको छ । सुआरेजले मेसी बार्सिलोनाको अमुल्य सम्पत्ति भएको बताउदै आइरहेका छन्। र, उनले मेसीको सम्झौता अविलम्ब नवीकरण गर्नु पर्ने सिफारिस खुलेरै गर्दै आइरहेका छन् ।