११ वर्षमा गरे १२ कक्षा पास, १७ वर्षमा पिएचडी सुरुः कसरी भयो सम्भव

1555
views

बीबीसी, ५, बैशाख । हैदराबादमा बस्ने ११ वर्षका अगस्त्य र उनकी दिदी नैना जायसवालले निकै सानो उमेरमा ठूलै सफलता हात पारेका छन् । अगस्त्यले ११ वर्षको उमेरमा १२ कक्षा पास गरेका छन् भने उनकी दिदी नैनाले पनि मात्र १० वर्षको उमेरमा १२ कक्षा पास गरेकी थिइन् । अश्विनी र भाग्यलक्ष्मी जायसवालका छोरा अगस्त्या अब बी. कमको पढाई गर्ने सोचमा छन् र उनको डाक्टर बन्ने सोच छ ।
बच्चाले देखाए कमालः-
सन् २००८ मा अश्विनीले आफ्नो स्कूल बन्द गरेर आफ्नो पूरा समय बच्चालाई दिन सुरु गरे । अश्विनीले बीबीसीसँगको कुराकानीमा भने, ‘महात्मा गान्धीले भनेका छन् कि कुनै पनि बच्चाको पहिलो शिक्षक उनकी आमा हुन्छिन् । हामी यहि बाटोमा हिँड्न चाहन्थ्यौं । किनभने, एक आमा र बच्चाबिच जुन भावनात्मक सम्बन्ध हुन्छ त्यो अन्य सम्बन्धमा हुँदैन ।’
कसरी भयो यस्तो अचम्म ?
अश्विनी र भाग्यलक्ष्मीले आफ्ना दुबै बच्चालाई स्कूलको शिक्षा दिनुको साटो आफैंले घरमा पढाउने निर्णय गरे । भाग्यलक्ष्मीले आफ्नो दुबै बच्चा नैना र अगस्त्यका लागि पढाईलाई खेलजस्तै रोचक बनाउन काम गरे । यस्तै, अश्विनीले उनलाई काखमा बोक्दा बोक्दै अक्षर कोर्न र रचनात्मक क्रियाकलाप सिकाउन सुरु गरे । उद्देश्य मात्र एउटा थियो बच्चालाई डिग्रीतर्फ लक्षित नगरी ज्ञान आर्जन गर्न प्रेरित गर्नु थियो । अश्विनी भन्छन्न ‘दुई वा अढाई वर्षका बच्चालाई प्लेग्रुपमा भर्ना गर्नु मलाई ठिक लाग्दैन किनभने बच्चाहरु समूहमा सिक्दैनन् । ’
५ वर्षको उमेरमा गीता–रामायणको ज्ञानः-
अश्विनीले ५ वर्षको उमेर पुगेपछि बच्चालाई मातृ भाषा हिन्दीसमेत गीता र रामायणका श्लोक पनि सिकाए । अगस्त्यका बुवा अश्विनी भन्छन्, ‘वर्णमालासँग जोडिएका सबै परिक्षा पास गरेपछि हामीले बच्चालाई पत्रिका पढ्न दियौं । त्यसपछि उनीहरुलाई गीता र महाभारतको श्लोक पढायौं जसका कारण उनीहरुको उच्चारण राम्रो भयो । त्यसपछिको ६ महिनामा उनीहरुले हिन्दी सिके । त्यसपछि हामीले उनीहरुलाई तेलंगानाको आधिकारिक भाषा तेलगु पढाउन सुरु गर्यौं । त्यसको ६ महिनापछि विज्ञान, सामाजिक अध्ययन र गणितजस्ता विषयका लागि एक–एक वर्ष दियौं ।’ त्यसपछि नजिकैको स्कूलमा उनीहरुको नाम लेखाइयो र उनीहरुको घरमा नै पढाई भइरहेको जानकारी गराइयो । स्कूल पनि बच्चालाई घरमा पढाउनका लागि तयार भयो । तर के अगस्त्या र नैना साधारण बच्चाजस्तै आफ्नो उमेरका बच्चाहरुसँगको सम्पर्कको अभावमा बाँचिरहेका छैनन् ? यो प्रश्नमा अश्विनीले आफ्ना दुबै बच्चा उनीहरुसँग घरमा पढ्न आउने अन्य बच्चाहरुसँग घुलमिल हुने र फिटनेस ट्रेनिङका बेला आफ्ना साथीहरुलाई भेट्ने गरेको बताउँछन् ।
आइएएसको सपनाः-
अगस्त्यले १२ कक्षा पास गरेपछि अब अश्विनी आफ्नी छोरीमा फोकस गरिरहेका छन् । १७ वर्षकी नैनाले पिएचडीको पढाई सुरु गरिसकेकी छिन् । यति मात्र होइन, नैना अन्तर्रा्ष्ट्रिय स्तरमा टेबल टेनिस खेलमा भारतको प्रतिनिधित्व गर्द्छिन् । अब उनका बुवालाई भारतको ओलम्पिक समूहमा प्रवेश लिनका लागि तयार गरिरहेका छन् । अश्विनीका अनुसार अब उनी नैनालाई सिभिल सर्भिसेजका साथै ओलम्पिक समूहका लागि पनि तयार गराउन चाहन्छन् ।
डाक्टर बन्न चाहन्छन् अगस्त्यः-
अगस्त्यले बीबीसीसँगको कुराकानीमा अब उनी पत्रकारितामा बीए गर्न चाहेको तरे लक्ष्य भने डाक्टरको लिएको बताए । तर पत्रकारिताको पढाई गरेर डाक्टर कसरी बन्ने ? यसको जवाफमा अगस्त्य भन्छन्न ‘म बीए गरुँ वा बी.कम वा मेडिसिनको लागि पढाई गरुँ । म र मेरी दिदी डिग्रीको लागि नभई ज्ञानका लागि पढाई गर्छौं ।’