थापाठानामा टेलिकमको नयाँ टावर विस्तार

1797
views

सन्दिप पाठक
पर्वत, ६ बैशाख । नेपाल टेलिकम शाखा पर्वतले फलेवास नगरपालिका अन्र्तगत साविकको थापाठाना, कार्कीनेटा भंगरा, ठूलिपोखरी, शंकरपोखरी लगायतका क्षेत्रलाई लक्षित गर्दै नयाँ टावर स्थापना गरी सेवा विस्तार गरेको छ । थापाठाना गाविसको जिताकोटमा टावर स्थापना गरेपछि नेटवर्कको समस्या अन्त्य भएको छ । सो क्षेत्रमा गरिएको टावर विस्तारले स्मार्टफोनमा हाईस्पिडको  3G ईन्टरनेट सेवा सञ्चालनमा आउने भएको छ ।
नेटवर्कको समस्या खेपीरहेका उक्त क्षेत्रका बासिन्दाले लामो समयदेखी टावर स्थापना गरी सेवा विस्तार गर्न माग गर्दै आएका थिए । टावर स्थापनापछि सो क्षेत्रका सेवाग्राहीहरु लाभान्वितसँगै हर्षित भएका छन् । उक्त क्षेत्रमा टावर स्थापना गरेपछि धौलागिरीका सबै जिल्लामा 2G र 3G ईन्टरनेटमा सहजता भएको छ । टावर विस्तारसँगै स्मार्ट फोनमा हाईस्पिड ईन्टरनेटको घन् चलाउन पाउने भएका हुन् ।
नेपाल टेलकिम पर्वतका प्राविधिक केशव भुसालका अनुसार चार, पाँच महिनादेखि स्थानीयले टावर विस्तारको माग गर्दै आएकोले विहिबार मात्रै सो क्षेत्रमा टावर स्थापना गरिएको छ । भुसालले भन्नुभयो ‘अब धौलागिरीका सबै जिल्लाहरुमा घन् हाईस्पिीडको ईन्टरनेट सेवा विस्तार भएको छ । हालैका दिनहरुमा नेपाल टेलिकमले 3G ईन्टरनेट प्रविधलाई घन् मा रुपान्तरण गरी प्रयोगमा ल्याएको छ ।