सुन्नैपर्ने अनिश योञ्जनको गीति संग्रह ‘उ विना’

2309
views

काठमाडौं । गायक तथा संगीतकार अनिश योञ्जनले मर्म स्पर्शी गीतहरुको संगालो “उ विना” बजारमा ल्याएका छन् । नेपाली गीत संगीत क्षेत्रका ‘सुपरहिट’ गीतहरुमा स्वर दिएका चर्चित गायक गायिकाहरुको सुमधुर स्वरमा सजिएका गीतहरुको सँगालो ‘उ विना’का गीतहरुले मनग्य चर्चा र प्रशंसा बटुल्ने देखिन्छ । उदयीमान प्रतिभाशाली गायक तथा संगीतकार योञ्जनले यसअघि थुप्रै जनपक्षीय तथा क्रान्तिकारी गीतहरुमा स्वर र संगीत दिएका छन् । उनले आधुनिक तथा लोक गीत संगीतमा नयाँ पाइला चालेका छन् ‘उ विनामार्फत्’ ।

जोशिलो तथा उर्जाशिल गायकको रुपमा चिनिने योञ्जनले बजारमा ल्याएको यो गीति संग्रहमा चर्चित गायिका अन्जु पन्त, चर्चित भर्सटायल गायक स्वरुपराज आचार्य, चर्चित गायक तथा संगीतकार मनोजराज, शिव परियार, अनिश योञ्जन, रुषा जिम्बालगायतले स्वर दिएका छन् ।

६ वटा गीतहरुको सँगालो ‘उ विना’मा समेटिएको ‘विगोग भुल्न’ बोलको गीतमा मनोज राजले स्वर दिएका छन् भने संगीत सुरेश कुमार थामीले भरेका छन् । ‘स्वार्थी रैछौं’ बोलको गीतमा गायिका अन्जु पन्तको स्वर रहेको छ भने संगीत थामीको नै रहेको छ । ‘जिन्दगीको’ बोलको गीतमा गायक÷संगीतकार योञ्जन र रुषा जिम्बाको स्वर रहेको छ भने संगीत योञ्जनले नै भरेका छन् ।त्यसैगरी सुरेश कुमार थामीको संगीतमा रहेको ‘सँधै आँशु’ बोलको गीतमा गायक स्वरुपराज आचार्यले स्वर दिएका छन् भने योञ्जनको संगीतमा रहेको ‘तिम्रो लागि’ बोलको गीतमा गायक शिव परियारले स्वर दिएका छन् । योञ्जनको स्वर र संगीतमा सजिएको अर्को गीत रहेको छ–‘कतै हामी’  । गायक तथा संगीतकार योञ्जन जनस्तरबाट उठेका र राष्ट्र र जनताका लागि, मुक्ति र परिवर्तनका लागि गीत संगीतमा लागेका गायक हुन् । उनले ल्याएरको फरक स्वाद, शब्द र शैलीको यो गीति संग्रह सबै खालका गीत संगीतका पारखीहरुबीचमा लोकप्रिय बन्ने देखिन्छरmययदिबतय।अयm