४०० वर्षपछि आज पृथ्वीको नजिक ठूलो छुद्रग्रह आयो

आजै बेलुका धुमकेतु आउने

1566
views

काठमाडौ, बैशाख ६ । आज अर्थात बुधबार ४०० वर्षपछि पृथ्वीको नजिक एक ठूलो छुद्रग्रह आउँदै छ । अमेरिकी अन्तरिक्ष एजेन्सी ९नासा०ले अप्रिल १९ अर्थात् बुधबार बिहान एक ठूलो क्षुद्रग्रह पृथ्वीको नजिक आउने बताएको छ । नासाले उक्त ग्रह पृथ्वीको नजिकै करिब १८ लाख किलोमिटरबाट गुज्रने र त्यसबाट पुथ्वीलाई कुनै नोक्सान नपुग्ने उल्लेख गरेको छ । ‘२०१४ जे ओ २५’ नाम गरेको उक्त ग्रह सन् २०१४ मा नै अमेरिकाको एरिजोनास्थित कैटलिना स्काइ सर्भेका खगोलविद्हरुले पत्ता लगाएका थिए । बुधबार बिहान नेपाली समयअनुसार ९ बजेर ९ मिनेटमा उक्त ग्रह पृथ्वीको सबैभन्दा नजिक आउने छ । उक्त ग्रहको गति १,२०,८१६ किलोमिटर प्रतिघन्टाको हुनेछ । नासाकाअनुसार यसको आकार ६५० मिटरभन्दा ठूलो भएकोले सामान्य टेलिस्कोपले सजिलै देख्न सकिने छ । नासाले यसपछि सन् २०२५ मा ८०० मिटरको अर्को छुद्रग्रह पृथ्वीको नजिक आउनेसमेत बताएको छ । बुधबार बिहानको समयमा खगोलविद्हरुले छुद्रग्रहकाबारेमा अध्ययन गर्न महत्वपूर्ण अवसर पाउनेछन् । नासाले पछिल्लो ४०० वर्षमा यति ठूलो छुद्रग्रह पृथ्वीको नजिक आएको उल्लेख गरेको छ । साथै, नासाका खगोलविद्हरुले बुधबार बेलुका नै ‘पैनस्टार्स’ नाम गरेको धुमकेतु ९सी २०१५ इआर ६१० पनि पृथ्वीको नजिकबाट यात्रा गर्ने बताएका छन् । तर, यस पैनस्टार्सलाई भने सामान्य टेलिस्कोपले देख्न नसकिने उनीहरुको भनाइ छ । यस पैनस्टार्स पृथ्वीको १७ करोड ५० किलोमिटरको दुरीबाट गुज्रने छ ।