काँग्रेस उम्मेदवार छान्ने चटारोमा

670
views

काठमाडौँ, ६, वैशाख । उमेदवार छान्ने अन्तिम चरणमा पुगेको नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट टुंगो लगाउनेमा पुगेको छ । काँग्रेसले दलका तर्फबाट आधिकारिक उम्मेदवार चयन गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जनाउँदै प्रत्येक जिल्लामा पार्टीका क्षेत्रीय र जिल्ला कार्य समिति अन्तर्गतका संयन्त्रले उम्मेदवार चयन गर्ने प्रक्रियालाई अन्तिम चरणमा पु¥याएकोले वैशाख ७ गतेसम्म आफ्ना उम्मेदवारको टुङ्गो लगाउने निर्णय गरेको छ । पार्टीले प्रत्येक जिल्लामा केन्द्रीय पदाधिकारी तथा सदस्य खटाई निर्वाचनका लागि पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार मनोनयनपत्र एक÷दुई दिनभित्र पठाइसक्ने जनाएको छ । खटिएका पदाधिकारीले सो पत्रमा दस्तखत गरी निर्वाचन आयोगमा बुझाएपछि मात्र पार्टीको आधिकारिक उम्मेदवारको टुङ्गो लाग्नेछ । मुलुकभर निर्वाचन हुने सबै पदका लागि तीनप्रतिका दरले र १० प्रतिशत थप गरी कुल एकलाख १५ हजार एकसय ६३ पत्र (प्रत्येकमा पार्टीको छाप लगाई) पठाउन काम सुरु भएको पार्टी कार्यालयका अधिकृत सूर्य भट्टराईले जानकारी दिनुभयो । यही वैशाख ४ गतेदेखि आधिकारिक मनोनयन पत्र पठाउन सुरु गरेको काँग्रेसले आजसम्म ५० प्रतिशत बढी जिल्लामा पठाइसकेको छ ।

तीन प्रतिमध्ये एक प्रति निर्वाचन आयोगलाई, एक उम्मेदवारलाई र एक कार्यालयको अभिलेखका लागि गरी तीन प्रति र केही बिग्रने सम्भावनालाई ध्यानमा राखी १० प्रतिशत थप पत्र पठाउन लागिएको अधिकृत भट्टराईले जानकारी दिनुभयो ।