उत्तर कोरियाले परमाणु बममार्फत अमेरिकी शहरलाई तहसनहस !

725
views

एजेन्सी,७, बैशाख । उत्तर कोरिया र अमेरिकामा जारी तनावबिच सोसल मिडियामा भाइरल भएको एक भिडियोले संसारभरी हलचल मच्चाएको छ । परमाणु युद्ध अर्थात् तेस्रो विश्वयुद्ध सुरु हुनसक्ने आशंकाको विषयमा मानिसहरु चिन्तित छन् । यो भिडियोमा उत्तर कोरियाको तर्फबाट अमेरिकी शहरमाथि परमाणु बममार्फत हमला भएको देख्न सकिन्छ । परमाणु बम खसेपछि हेर्दाहेर्दै अमेरिकी शहर तहसनहस भएको उक्त भिडियोमा देख्न सकिन्छ । थुप्रै मानिसहरुले यो भिडियोलाई वास्तविक मानिरहेका छन् तर अमेरिकाले यसलाई उत्तर कोरियाको ‘प्रोपोगान्डा’ को उपमा दिएको छ । यो भिडियो किम जोंग ऊनले जारी गरेको स्रोतले बताएको छ ।
यो भिडियोमा सबैभन्दा पहिले एक कायैक्रममा उत्तर कोरियाली नेता किम जोंग ऊनलाई स्वागत गरिन्छ र त्यसपछि एक भिडियो देखाइन्छ । यसमा उत्तर कोरियाको तर्फबाट अन्तरमहाद्वीपीय ब्यालिष्टिक मिसाइलमार्फत अमेरिको शहरमा परमाणु बम खसालेको देखाइन्छ । उक्त बमले अमेरिकी शहरलाई आगोको गोलाले ध्वस्त पारेको देखाइन्छ । उक्त भिडियोमा अमेरिकी झण्डा बलिरहेको पनि देख्न सकिन्छ । त्यसपछि उत्तर कोरियाली नेता र सेनाका अधिकारीले ताली बजाएर खुसी व्यक्त गर्दछन् । साथै, उत्तर कोरियाली सेनाले सैन्य ब्याण्ड बजाएको भिडियो सार्वजनिक भएको समेत देख्न सकिन्छ ।

पहिले पनि प्रोपोगान्डा भिडियो जारी गरिसकेको छ उत्तर कोरियाः

सो भिडियो सार्वजनिक भएको यो पहिलो घटना भने होइन । योभन्दा पहिले सन् २०१६ मा उत्तर कोरियाले ‘लास्ट चान्स’ नामबाट यस्तै एक भिडियो जारी गरेको थियो जसमा अमेरिकी शहर ध्वस्त भएको देखाईको थियो । यद्यपी, अहिलेको स्थितीमा उत्तर कोरिया र अमेरिका बिचको तनावको पारो निकै माथि चढेको छ । दुबै एक अर्कामाथि हमलाको पूरा तयारीमा छन् । सिरियामा अहिलेसम्मकै शक्तिशाली बम प्रहार गरेपछि र अफगानिस्तानमा आफ्नो सबैभन्दा ठूलो गैर परमाणु बम खसालेपछि अमेरिकाले कोरियाली प्रायद्वीपमा आफ्नो युद्धपोत समूह पठाएको छ । यद्यपी, उत्तर कोरियाले यदि अमेरिकाले उक्साए आफूहरु परमाणु हमला गर्न बाध्य हुने बताउँदै आएको छ ।