प्रचण्डको गर्जन- झापाबाट विजय अभियान शुरु भयो–प्रचण्ड

699
views

नवदृष्टि संवाददाता
झापा, ७ वैशाख । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले झापाबाट विजय अभियान शुरु भएको बताएका छन् । विहीबार झापाको विर्तामोडमा आयोजित योङ कम्युनिष्ट लिग र अनेरास्ववियु क्रान्तिकारीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले २०६४ सालको जस्तै लहर आएको भन्दै विजय अभिायन शुरु भएको बताएका हुन् । पहिलो संविधानसभावको चुनावपछि अमाओवादीले धर्ती छाडेर हार व्यहोर्नु परेको प्रचण्डले स्वीकारेका छन् ।
विर्तामोडमा भएको विशाल सभालाई सम्बोध गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘यो पटकको स्थानीय तहको चुनावमा माओवादीलाई निराश बनाउनु हुने छैन् भन्न विश्वास छ ।’ हामी तपाईको घरमा उज्यालो नआएसम्म विश्राम नलिने घोषणा समेत प्रचण्डले गरेका छन् ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री एंम् कांग्रेसका प्रभावशाली नेता स्व गिरिजाप्रसाद कोईरालालाई पनि सम्झिँए । ‘पहिलो मेचीकाली अभियान गर्दा गिरिजा पार्टी कांग्रेस हार्यो, त्यसपछि ०७० सालको दोस्रो संविधानसभा चुनावमा हामी अब एमालेको पालो रहेको छ ।’ ‘मैले यो कुरा एमाले अध्यक्ष केपी ओलीलाई समेत बताएको छु’ प्रचण्डले भने । अहिले ओली जीलाई अंहकार छ, त्यो धेरै समयसम्म होईन, चुनावपछि सबैले देखि हाल्छन् मैले भनिरहनु जस्तो लाग्दैन् ।’

प्रधानमन्त्री प्रचण्डले जनताको काम गर्नको लागि गएको हुँ भन्दै छोटो समयमा धेरै उपलब्धि गरेको प्रचण्डले बताएका छन् । २४ बर्षपछि आर्थिक वृद्धिदर बढेको, लोडसेडिङ मुक्त भएकोलगायत काम गर्न सकिको बताएका छन् । अबको केहि बर्षभित्र विजुली बेच्ने हैसियत नेपालको हुने उनले बताए ।
अन्य दलहरुले २४ बर्षपछि स्थानीय तहको निर्वाचन हुन लागिरहेको बताइँरहँदा प्रचण्डको भने फरक तर्क छ । सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुग्ने चुनाव यसअघि कहिलेपनि नभएको उनको जिकिर छ । त्यस्तै संशोधन नगरि चुनावमा सहभागि नहुने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको मधेसी मोर्चा हदैसम्मको लचकता अपनाउँदा पनि सहमतिमा नआएको समेत धारणा राखे ।