ॐ जन–जागरण इजरायल शाखाको ७० सदस्यिय कार्यसमिति चयन

1775
views

अनिरुद्र सुवेदी
ईजरायल, ७, बैशाख । नयाँ बर्ष २०७४ को अवसरमा सम्पुर्ण हिन्दुधर्मावलम्बी तथा बैदिक सन्तान धर्मावलम्बीहरुको सहभागितामा मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नयाँवर्षको आगमनसँगै ॐ जन–जागरण इजरायल शाखाको बिधिवत घोषणा सभामा शुभकामना आदान प्रदान गरिएको हो ।
सो अवसरमा इजरायलका लागि नितु कार्कीको अध्यक्षतामा ७० सदस्यिय कार्यसमिति समेत चयन गरिएको छ । जसको उपाध्यक्षमा भक्ति सापकोटा, सह–उपाध्यक्षमा देबी खरेल, माहासचिव गौरी माया सुवेदी, सचिव मिलन पोख्रेल, सह–सचिव दिया चापागाई, कोषाध्यक्ष मिना विडारी, सह–कोषाध्यक्ष खिला कुँवर, सास्कृतिक ब्यबस्थापन प्रमुख, उर्मिला श्रेष्ठ, सास्कृतिक व्यवस्थापन उपप्रमुख मनु सापकोटा, सगठन संरक्षण प्रमुख अनिरुद्र सुवेदी, सगठन सह–प्रमुख रेशम क्षेत्री र प्रमुख गुरु आचार्य दिलिप गुरु, सह गुरु गणेश पौडेल गुरु रहनुभएको छ ।
उक्त सभाले दीपेन्द्र थापा, बिना पोख्रेल, जानुका खडका,, नितु खतिवडा, काजल घिमिरे, कृष्ण रायमाझी, गणेश गिरी, डम्मर गुरुङलाई बरिष्ठ सल्लाहाकारमाा चयन गरेको छ । यस्तै सल्लाहकारमा सिन्धु पौडेल, इन्दिरा सुवेदी, तुलसा पोख्रेल, छिरिङ डोल्मा रुम्बा, सुसेला बस्नेत, सगुन अधिकारीलाई चयन गरेको समाजले जनाएको छ ।
एन आर एन इजरायलका अधयक्ष दिपक ओलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा राजनीतिक पार्टीका प्रतिनीधि एवं बिभिन्न सघ सस्थाका प्रतिनीधिका साथै सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । अभियानको गणेश पौडेलले शंखनाद सहित दियो बालेर उद्घाटन गर्नुभएको थियो । नवगठित कार्यसमितिमा ४० जना सक्रिय सदस्य र २० जना साधारण सदस्य रहेका छन् ।