धर्मको व्यापार बन्द गराउन राजसंस्थाको पुनःस्थापना–लोहनी

1403
views

नुवाकोट, ८ वैशाख । मुलुकलाई हिन्दू राष्ट्र घोषणा र राजसंस्थाको पुनःस्थापनाका लागि एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन् । गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको भूमिमा धर्मको व्यापार बन्द गराउने काम बन्द गराउन मुलुक अनिवार्य हिन्दू राष्ट्र हुनुपर्नेमा जोड दिएका छन् । एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोटको आयोजनामा बिदुरमा भएको बृहत् जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले संसारभर एक अर्ब ३० करोड बासिन्दा हिन्दू धर्मावलम्बी भएकाले त्यसको पहिचान हिमालय पर्वत रहेको नेपालबाट दिन हिन्दू राष्ट्रको स्थापना अनिवार्य रहेको बताए ।
“आफ्नो पार्टी सबै धर्मको सम्मान गरी ९४ प्रतिशत ओमकार परिवार रहेको हिन्दू धर्मावलम्बी रहेको नेपाली भूमिलाई हिन्दू राष्ट्र घोषणाका लागि अभियान चलाउने लोहनीको भनाई थियो । पार्टी एकतापछि राप्रपाबाट असन्तुष्टि भएर नयाँ पार्टी स्थापना गर्नुभएका लोहनीले हिन्दू धर्मसँगै पार्टीले राजसंस्था स्थापनामा आवाज उठाउने बताए । “मुलुकमा जाति, धर्म, भूगोल, भाषा अविश्वास र बिखण्डनले ठूलो खतरा रहेकाले सबैलाई समन्वय गर्न विघटित राजसंस्थाको पुनर्वहाली हुनुपर्छ ।” उनले भने, “लोकतन्त्रका लागि राजसंस्था समस्या होइन, यसलाई संविधानको परिधिमा राख्नुुपर्छ ।