राष्ट्रपति भण्डारी आज स्वदेश फर्किँदै

1422
views

नवदृष्टि संवाददाता
काठमाडौं, ८, बैशाख  । चारदिने औपचारिक भारत भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्र्किनुहुँदै छ । भण्डारी शुक्रबार साँझ साढे सातबजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले तालिका सार्वजनिक गरेको छ ।

स्वदेश फर्किनुअघि उहाँले उडिसा राज्यको पुरीस्थित जगन्नाथ मन्दिर पुगेर दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले ३४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै यही बैशाख ३ गते भारत भ्रमणमा गजानुभएको थियो । भ्रमणको क्रममा राजतन्त्रको झल्को दिने गरी नेपाल सरकारले सार्वजनिक विदा दिएको थियो ।

राष्ट्रपति स्वदेश फर्किने दिनको विदा भने सरकारले फिर्ता लिएको छ ।