ईजरायलमा सांस्कृतिक तथा पर्यटन प्रबर्द्धन प्रचार कार्यक्रम गरिदै

1582
views

अनिरुद्र सुवेदी
इजरायल, ८ बैशाख ।  नवबर्ष २०७४ को सुखद उपलक्ष्यमा आइतवार इजरायलको तेस्रो ठूलो शहर हाइफाको मुख्य गेट नजिकबाट जर्मनी कोलनीसम्म सांस्कृतिक तथा पर्यटन प्रबर्द्धन प्रचार प्रसार ¥याली हुने भएको छ ।
‘जहाँ जहाँ नेपाली छौं, त्यहाँ त्यहाँ नेपाली कला संस्कृति छ र हामीलाई नेपाली हुनुमा गर्व लाग्छ, नेपाली कला संस्कृति नै हामी नेपालीहरुको पहिचान हो ।’ भन्ने अभिप्रायका साथ ईजरायल स्थित नेपाली दुतावासको सहयोग, भगवती बस्नेतको संयोजकत्व तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलका आइसीसी सदस्य सुवास खरेलको व्यवस्थापनमा उक्त कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा ईजरायलमा रहेका नेपाली संघ संस्थाहरु, राजनीतिक दलहरु र सञ्चारकर्मीका साथै ईजरायलीहरुको उपस्थितीमा नेपाल पर्यटन प्रर्वधन गर्ने योजना रहेकोे छ ।
उक्त कार्यक्रममा नेपाली भेषभुषा, नेपाली संस्कृति र नेपालको राष्ट्रिय झण्डा फहराउनुका साथै पर्यटन प्रर्वद्धनका लागि मार्चपास अभियान रहेको छ।
उक्त कार्यक्रमलाई इजरायलका लागि नेपालका कार्यवाहक राजदुत हरिहर पौडेलले संबोधन गर्ने भएका छन् । इजरायलमा रहेका नेपालीहरुको लागि मात्र नभई नेपालको शान र गौेरवका साथै नेपालको पर्यटन तथा पर्यटकीय व्यवसायलाई वृद्धी गर्ने उद्वेश्यले सो कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रमको मुख्य उद्वेश्य नेपालाई विश्व सामु चिनाउने रहेको र नेपाल देशको सांस्कृतिक सम्पदालाई विश्वव्यापीकरण गर्नको लागि इजरायलिहरुका माझ उक्त कार्यक्रम गर्न लागिएको हाे ।