राप्रपालाई चुनावको चटारो

जलजला गाउँपालिकामा पौडेल र जैसीलाई सर्वसहमत

1516
views

निर्मल पौडेल
पर्वत, ८, वैशाख । जलजला गाउँपालिकामा राप्रापा नेपालले अध्यक्ष पदमा पुष्पराज पौडेल र उपाध्यक्ष पदका लागि धर्मकुमारी जैसीलाई सर्वसहमतले निर्णय गरेको छ ।   राप्रपाको पकड क्षेत्र मानिएको जलजलामा राप्रपा विजय हुनसक्ने आँकलन गरिएको छ । द्वय उमेदवारले नेपाली कांग्रेस र नेकपा एमालेका मतहरु काट्न सक्ने सम्भावना देखिएको छ । अध्यक्ष पदका उम्मेदवार पुष्पराज पौडेल नेपाल विधुत प्राधिकरणमा निवृत्त स्थायी अधिकृत हुन् । सामाजिक कार्यमा सक्रिय पौडेलले आँफुले राप्रापा नेपालवाट टिकट लिएपनि सवैको साझा उम्मेदवार भएको बताएका छन् ।
पौडेलले भने ‘‘गाउँको मुहार फेर्ने स्पष्ट योजना म संग छ, सडकलाई कालोपत्रे गर्ने, जलजलामा रिङरोड स्थापना गर्ने, स्वास्थ्य, शिक्षा, आवास कुषिका लागि उचित कोल्ड स्टोरको व्यवस्था गर्ने र पर्यटकीय उदगम स्थल बनाउने जस्ता योजनाहरु अगाडी सार्दै पौडेललाई सर्वसहमति गरिएको राप्रपा नेपालले जनाएको छ ।
अर्का उपाध्यक्ष पदका उमेदवार धर्म कुमारी जैसीको पनि चुनाव जित्ने चर्चा चलेको छ । जलजला गाउँपालिकाको विकासमा योगदान पु¥याउँदै आएकी जैसीले काँग्रेस र एमाले मत काटन सक्ने अवस्था बढ्दो रहेको बताइएको छ । पञ्चायत कालदेखिनै राप्रापा नेपालमा सक्रिय जैसीले जलजलामा भएको पालिका विवादलाई समेत साम्य पार्ने प्रतिवद्धता जनाएकी छन् । राप्राको पकड क्षेत्र र हिन्दु राज्य स्थापनाका लागि उक्त क्षेत्रका उमेदवारद्वयको चुनाव पोल्टामा रहेको राप्रपा नेपाल पर्वतका जिल्ला सदस्य प्रकाश पौडेलले नवदृष्टिलाई बताए ।