गायिका कोमल वलीलाई नेताको भुत चढेपछि

तुल्सीपुरबाट मेयरका लागि सिफारिस

1146
views

नवदृष्टि संवाददाता
काठमाण्डौ,८, बैशाख । गायिका कोमल वलीलाई राजनीतिक वृत्तमा आउन निकै मन लागेको बेला राप्रपा नेपालले उनको मनोभावनालाई बुझेको छ । कोमल वली दाङको तुल्सीपुर उपमहानगरपालिकाबाट मेयर पदका लागि लागि सिफारिस भएकी छिन् । पार्टीले सिफारिस गरेपनि आफुले निर्णय दिइनसकेको वलीको भनाई छ । उनले तर पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताएकी छिन् । आफु दोधारमै रहेता पनि चितवनमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको सभामा बोल्दै उनले पार्टीलाई भोट पनि मागेकी थिईन् । बोल्ने क्रममा उनले रेडियो नेपाल समाचार वाचन गर्दा माडी बाँदरमुडे घटनाको समाचार पढ्दा डाको छोडेर रोएको समेत सुनाइन् । उनले भनिन् दाङमा रहेको मेरो घरमा बम विस्फोट गराइयो, घर जलाइयो, अहिले दाङ जाँदा बस्ने मेरो घर पनि छैन ।’ गायन क्षेत्रमा राम्रो क्रेज बनाएकी वली उमेदार बने जितने सम्भावना प्रवल देखिएको छ ।