भूकम्पपीडितका लागि थप दुईलाख अनुदान दिने प्रस्ताव

1335
views

नवदृष्टि संवाददाता
काठमाण्डौ ९ बैशाख । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले लाभग्राही सूचीमा परेका तर आफ्नो जग्गा नभई सार्वजनिक जग्गामा बसेका भूकम्पपीडितलाई थप दुईलाख रुपैयाँ दिन प्रस्ताव गरेको छ । प्राधिकरणको कार्यकारी समितिको वैठकले उक्त निर्णय गरेको हो । बैठकले लाभग्राही सूचीमा परेका भूकम्पपीडितलाई घर बनाउने जग्गा खरिदका लागी अनुदान स्वरुप दुई लाख रुपैयाँ उपलव्ध गराउने गरि कार्यविधि संशोधन गरेको छ । संशोधित कार्यविधि स्वीकृतीका लागी मन्त्रिपरिषदमा पठाइएको छ ।
प्रस्तावित कार्यविधि अनुसार उनीहरुले निजी आवास निर्माणका लागी यसअघि घोषित अनुदानको तीन लाख रुपैयाँ पनि प्राप्त गर्ने छन् । तर त्यस्ता लाभग्राहीले हाल उपभोग गरिरहेको स्थान भने प्रयोग गर्न पाउने छैन । भूकम्प कम प्रभावित १७ जिल्ला मध्ये पछिल्लो चरणमा १६ जिल्लाका थप ३० हजार ३ सय ७० घरधुरीलाई लाभग्राही सूचीमा समावेश गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।
प्राविधिक जनशक्तिको व्यवस्था गर्न निर्देशन प्राधिकरणको शुक्रबारबो बैठकले भूकम्पबाट कम प्रभावित १७ जिल्लामा अर्का व्यवस्था नभएसम्मका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति अविलम्ब व्यवस्थापन गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।