विप्लव माओवादीका गतिविधीले गृहमन्त्रालयलाई सुरक्षा चुनौती

618
views

फाईल फोटो

बनेपा ९ बैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनमा विप्लब नेतृत्वको नेकपा बाट सुरक्षा चुनौति खडा भएको बताउनुभएको छ । ११ जिल्लामा विप्लव माओवादीको गतिविधि चुनौतीपूर्ण भएको गृहमन्त्री नीधिको भनाई छ । नीधिले संसददेखी सार्वजनिक कार्यक्रममा यस्तो बताउँदै आउनुभएको छ । शुक्रबार देखि धुलिखेलमा सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा गोष्ठीमा समेत  यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयो – “निर्वाचनलाई भयरहित बनाउने विषय साझा जिम्मेवारी भएकोले जिम्मेवारी वहनमा लाग्न अनुरोध सेमत गर्नुभयो । गृहमन्त्री निधिले निर्वाचनमा शान्तिसुरक्षा कायम गर्न, उम्मेदवार र मतदातालाई सुरक्षा महसुस हुने वातावरण निर्माण गर्न सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्दै ढुक्क र निर्भिक भएर कुनै पनि भ्रममा नपरी काम गर्न निर्देशन दिनुभयो । एघार जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप पर्छन् ।
उहाँले निर्वाचन बिथोल्नेप्रति सरकार कडा ढङ्गले प्रस्तुत हुने जानकारी दिँदै ढुक्क भएर निर्वाचनमा भाग लिन उम्मेदवार र मतदातालाई आग्रह गर्नुभयो ।
गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी छन् । अधिकांश सहभागीले विप्लव माओवादीको निर्वाचन लक्षित कार्यक्रम, सुरक्षाका लागि सवारी साधनको अभाव, दुर्गम क्षेत्रमा आवश्यकताअनुसार हेलिकप्टरको प्रयोगलगायतका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।