चौराहा धनगढीले विराटनगर किङ्सलाई १ सय ६० रनको विजयी लक्ष्य दियो

652
views

काठमाडौ ९ बैशाख । धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइलनमा टिम चौराहा धनगढीले विराटनगर किङ्सलाई १ सय ६० रनको विजयी लक्ष्य दिएको छ ।
सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर पहिले व्याटिङ गरेको पारस खड्का नेतृत्वको टिम चौराहाले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ५९ रन बनायो ।
टिम चौराहाका लागि आरिफ शेखले सर्वा्धिक ५४ को योगदान दिए। यस्तै अमर रौतेला ३१ र शौरभ खनालले अविजित १४ रन बनाए। कप्तान पारस खड्का २९ तथा पृथु बास्कोटाले १४ जोडे । विराटनगर किंग्सले अहिले जवाफी व्याटिङ गरिरहेको छ ।