कागबेनीमा बस दुर्घटना हुँदा तिन जनाको मृत्यु

2374
views

सन्तोष गौतम
म्याग्दी ९ वैशाख । मुस्ताङको कागबेनीमा शनिबार बस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । जोमसोमदेखि मुक्तिनाथ जादै गरेको ना ५ ख ६०६७ नम्बरको बस कागबेनी नजिकै दुर्घटना हुँदा थप ११ जना घाईते भएका छन् । घटनास्थलमै ज्यान गुमाएका तिन जनाको पहिचान खुल्न नसकेको मुस्ताङका प्रहरी नायव उपरिक्षक हरिहर योगीले बताउनुभयो । पल्टीएको बसमा च्यापीएर ज्यान गुमाएकाहरुको डोजरको सहायताले शव निकाल्ने प्रयास भैरहेको छ ।

कागबेनी देखि दुई किलोमिटर अगाडी दुर्घटना भएको बस तिर्थयात्री लिएर मुक्तिनाथतर्फ जादै थियो । घाईतेहरुलाई उपचारका लागि जोमसोम स्थित जिल्ला अस्पतालमा ल्याइएको छ ।