अपडेटः कागबेनीमा बस दुर्घटना, पाँच तीर्थयात्रीको मृत्यु

१२ जनालाई सेनाको हेलिकप्टरबाट पोखरा लगियो

1176
views

नवदृष्टि संवाददाता
मुस्ताङ, ९, बैशाख । तीर्थयात्री लिएर जोमसोम फर्कदै गरेको ना ५ ख ६०६७ नम्बरको बस मुस्ताङको कागबेनीमा शनिबार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मुक्तिनाथको दर्शन गरेर जोमसोमतर्फ फर्कदै गरेका पाँच तीर्थयात्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मृत्यु हुनेमा काठमाडौका ५५ वर्षिय भोला अधिकारी, ४५ वर्षिय पुरुषोत्तम ढकाल, ललितपुरकी ४५ वर्षिया लिला खड्का, ७० वर्षिया कान्ति खड्का र भक्तपुरकी सिता तिमिल्सीनाको मृत्यु भएको प्रहरी नायव उपरिक्षक हरिहर योगीले बताउनुभयो । दुर्घटनामा गम्भिर घाईते १२ जना घाइतेलाई जोमसोम अस्पतालमा प्राथमिक उपचार गरि नेपाली सेनाको हेलीकप्टर मार्फत पोखरा पठाइएको छ । बसको ब्रेकमा समस्या देखिएपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।