सडकमा गुड्ने मात्र नभएर आकाशमा समेत उड्ने सक्ने कार

1425
views

एजेन्सी,९ वैसाख। वैज्ञानिकहरुले सडकमा गुड्ने मात्र नभएर आकाश समेत उड्ने सक्ने कारको निर्माण गरेका छन्। पोर्चुगलका एउटा स्टार्टअप कम्पनीले उड्न सक्ने कारको सफल परीक्षण गरेको बीबीसीले उल्लेख गरेको छ।
उक्त कारमा जहाज जस्तै तीन वटा चक्का राखिएको छ। यसको माथि हेलिकोप्टरको जस्तो ब्लेडजस्तो फोल्डिङ पंखा लगाइएको छ। साथै कारको पछाडि पनि प्रोपेलर लगाइएको छ जसले कार हावामा समेत सजिलै उड्न सक्छ।
कारमा पाइलट जस्तै दुघ जना बस्ने गरी सीट बनाइएको छ। तर मानिसले यो कारलाई चलाउन पाइलटको लाइसेन्सको लिनु पर्ने हुन्छ। साथै कम्तिमा २५ घण्टासम्मको उडान अनुभव हुनु पर्छ। हावामा उड्न सक्ने यो कारको मूल्य कम्पनीले चार लाख अमेरिकी डलर तोकेको छ।