पृथ्वीमा ठोकिएला त क्षुद्रग्रह, निगरानी गर्दै वैज्ञानिकहरू

11
views

(एजेन्सी)
सन् २०३२ मा एउटा क्षुद्रग्रह पृथ्वीमा बज्रिने खतरा रहेको देखिएपछि वैज्ञानिकहरूले त्यसको निगरानी गर्न थालेका छन् ।
‘२०२४ वाईआर४’ नामकरण गरिएको उक्त खगोलपिण्ड ४०–९० मिटर चौडा रहेको ठानिएको छ ।

यदि यो क्षुद्रग्रह पृथ्वीमा बज्रियो भने अणुबम विस्फोट हुदाको जस्तो अवस्था उत्पन्न हुने अनुमान गरिएको छ ।
उक्त क्षुद्रग्रह पृथ्वीमा आइपुग्ने सम्भावना भने निकै न्यून छ । थप अवलोकन गरेपछि त्यस्तो अवस्था अझ कम हुन सक्ने वैज्ञानिकहरू ठान्छन् ।