उत्तर काेरियाले ३ वटा बमले संसार ध्वस्त पार्न सक्ने

719
views

 

 

एजेन्सी । अमेरिकाले आफ्नो देशमाथि आक्रमण गरे त्यसको कडा जवाफ दिने धम्की उत्तर कोरियाले दिँदै आएको छ । यसै बखत उत्तर कोरियाकासँग निकट मानिएका एक स्पेनिस नागरिक ’अलेजेण्ड्रो काओ डे बेनोज’ले तीन वटा बमले संसारलाई ध्वस्त बनाउँन सक्ने शक्ति उत्तर कोरियासँग रहेको दावी गरेका छन् । आइटी क्षेत्रमा काम गर्ने ’अलेजेण्ड्रो काओ डे बेनोज’ ’कोरिया फ्रेण्डसिप एसोसिएसन’का संस्थापक अध्यक्ष समेत हुन । उनलाई उत्तर कोरियाबारे राम्रो जानकार र निकट व्यक्ति मानिन्छ ।
                                                                           अलेजेण्ड्रो काओ डे बेनोज
स्पेनिस इन्फोबाइ वेबसाइटलाई अन्तवार्ता दिँदै उनले उत्तर कोरियाबारे यस्तो बताइएका हुन् । अन्तरवार्तामा उनले उत्तर कोरियालाई कसैले छुन नसक्ने समेत दावी गरेका छन् । यदि कसैले आक्रमण गरेमा उत्तर कोरिया त्यसको प्रतिरोध गर्दै आफ्ना नागरिकको सुरक्षा गर्न सक्षम रहेको पनि अलेजेण्ड्रोले बताए । अलेजेण्ड्रोले उत्तर कोरियाका बारेमा बाहिर प्रचार गरेजस्तो अवस्था नभएको पनि खुलासा गरेका छन् । उनले उत्तर कोरिया एक आदर्श राज्य रहेको चर्चा गरे । उनले भने,’उत्तर कोरियाका जनता सम्मानजनक जीवन बाँचिरहेका छन्, उनीहरु सुरक्षित पनि छन् । त्यहाँ कुनै सामाजिक संघर्ष छैन् त्यहाँका जनता अमन(चयनकासाथ बाँचिरहेका छन् ।
उत्तर कोरियामा कोही जनताले सडकमा सुत्नु परेको छैन् । यहाँका नागरिकहरु आपसी सहयोग र सद्भावकासाथ बाँचिरहेका छन् । किम जोन उनको शासनमा जनतालाई व्यापक कष्ट रहेको भन्ने हल्ला पश्चिमा देशले चलाएको प्रोपोगाण्डा मात्रै भएको दावी अलेजेण्ड्रोले गरेका छन् ।