जनलहरमा सफलता बोगटी, साच्चै मार्लिन त गोटी ?

2329
views

नवदृष्टि संवाददाता
नुवाकोट ११, बैशाख । नुवाकोट गाउँपालिकावासीले सफलता बोगटीलाई नै रोजेपनि पार्टी्भित्र उमेदवारीको भने टुंगो लागिसकेको छैन् । स्थानीय निकाय निर्वाचनको मिति साँघुरिँदै गर्दा नुवाकोट लिखुकी सफलता बोगटीको पक्षमा जनलहर उर्लदै गएको छ ।
स्थानीय निकायमा युवाहरुको भूमिकालाई लिएर बहस तथा दावेदारी शुरु भैरहेको बेला लिखुवासीले भने बोगटीलाई टिकट दिनुपर्ने माग राखेका छन् । युवा नेत्री तथा काङ्ग्रेसको रुपमा चिनिएकी सफलता बोगटी नुवाकोट नेपाल तरुण दल नुवाकोटको सफल नेतृत्व गरिरहेकी छन् ।
थानसिङ्ग बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै सक्रिय राजनीति गरेकी बोगटी विविएस चौथो बर्षको अध्ययन गरिरहेकी छिन्् । पुस्तौँदेखि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक सत्ता पनि पुरुषबाटै सञ्चालन हुँदै आइरहेका बेला हरेक क्षेत्रमा महिला नेतृत्व हुनुपर्ने बोगटीले नवदृष्टिलाई बताईन् । नुवाकोटकै परिचीत महिला नेतृ सफलता बोगटीले लिखु गाउ पालिका काँग्रेसको तर्फबाट उम्मेदवारीको दाबी गरेकी हुन् ।
विभिन्न संघसंस्थाको सफल नेतृत्वमा चर्चा कमाएकी उनले नेपाल पत्रकार महासंघ नुवाकोटमा पनि आबद्ध छन् । सञ्चार क्षेत्रबाट मुलुकको राजनीतिक अवस्थालाई नियालेकी उनले आफ्नो कार्यकालमा लिखु गाउँपालिकालाई सामाजिक, आर्थिक एवं प्राविधिक भौतिक रुपमा सम्पन्न बनाउने प्रतिवद्धता जनाएकी छन् ।

नुवाकोट सानिक थानसिङ्ग निवासी सफलताले नाम जस्तै लिखु गाउँपालिकालाई सफल बनाउने बताएकी छन् । कृषि भण्डारको व्यवस्था, शिक्षा, छवाछुतमुक्त समाज, लैङ्गिक समानता, सडक सञ्जाल विस्तार, सडक कालोपत्रेसँगै विकास निर्माणका पूर्वाधार खडा गर्न जनलहरमा देखिएकी ‘सफलता बोगटी, साच्चै मार्लिन त गोटी ।’