धार्मिक स्वतन्त्रतामा हिन्दु राज्य

1734
views

अधिवक्ता यज्ञवहादुर थापा

धर्म आचरणद्वारा निसृत हुन्छ । परम्परा देखिनै चल्दै आएको संस्कारजन्य व्यवहार नै धर्म हो । धर्मलाई आध्यात्मिकसंग तुलना गरिन्छ । व्यक्ति, परिवार, समाज र राज्यले आचरण प्रस्तुत गर्दछ, जुन आचरणले त्यो कुन धर्मप्रति निष्ठावान छ भन्ने प्रष्ट हुन्छ । धर्म आचारण गर्न पाउने स्वतन्त्रता सबैमा छ । कुनै एक परिवारमा अन्य धर्म मान्ने कुनै व्यक्तिको प्रवेश हुँदा सो परिवारको त्यस्तो सदस्यलाई उक्त परिवारले एक्लाउन पाइँदैन किनकी उसको धर्म आचरणप्रति अन्य परिवारका सदस्यहरुले सद्भाव राख्नुपर्दछ । जसलाई हामी धार्मिक स्वतन्त्रता भनिन्छ । नेपाल विश्वको एकमात्र हिन्दु राज्य हो । विगत केही वर्षयता हिन्दु राज्यलाई अलग थलग पार्ने र ध्वंस गर्ने क्रममा केही मुठ्ठीभरका व्यक्तिहरु लागिपरेको देखिन्छ । नेपालको सनातन देखिनै हिन्दु आचरण अवलम्वन गर्दै आयो तथापि अन्य कुनै धर्मप्रति अनास्था वितृष्णा र द्वन्द्व मच्चाउने कार्य कहिल्यै गरेन ।। नेपाल देव भूमि, तपोभूमी र देवहरुकै क्रिडाभुमि पनि हो । तर्सथ कहिल्यै अभिमान आएन । विश्वका करबि ६ अरब हिन्दु धर्मालम्बीहरुले नेपालीहरुलाई विशिष्ट हिन्दुको अर्थमा ग्हण गर्ने गर्दछन् ।

हिन्दुहरुको आधिक्यता, आचरण, शैली र आस्थामा विधिवत रुपमा कुठराघात गर्ने काम नेपालको संविधान २०७२ ले विश्व रंगमञ्चमा विवाद सिर्जना गरिदियो । ८४ प्रतिशत नेपाली हिन्दु उपर सांघातिक आक्रमण गर्दै उक्त संविधानले नेपाल हिन्दु राज्य नरहेको घोषणा समेत ग¥यो ।

नेपालको संविधान २०१९, नेपाल अधिराज्यको संविधान २०४७ समेत सबै जातजाती भाषाभाषी र विविध धर्मलाई सोही धर्म आचारण अनुकल व्यवहार गर्न पाउने, संवैधानिक मोलिक हकको व्यवस्था गरेको र कुनैपनि अन्य धर्मालम्बीहरुलाई राज्यले प्रतिकुल व्यववहार नगरेको अवस्थामा नेपालको संविधान २०७२ ले सम्पूर्ण हिन्दु धमाृलम्बी नेपालीवासीका लागि गम्भीर अन्याय गरेको पुष्टि हुन्छ । विगत ईतिहासमा नेपाल हिन्दुराज्यले सबै धर्मालम्बीलाई सम्मान दिएको तथ्य नेपालको केन्द्र मानिने काठमाण्डौको वागबजार अवस्थित मस्जिदलाई लिन सकिन्छ । हिन्दुको प्रतिकको स्रोत राजास्थान र सो मस्जिद दुरीका हिसाबले अत्यन्तै नजिक रहेको सो मस्जिदको संरक्षर्णाथ नेपाल राज्यले प्रदान गरेको कुरालाई लिन सकिन्छ । अन्य धर्मलाई सम्मान दिएको प्रष्ट नै छ । जहाँ आराध्यदेव भगवान पशुपतिनाथको पुजा हुन्छ सोही स्थान नजिकै मस्जिद, चर्च रहनुले धार्मिक स्वतन्त्रता दिएको पुष्टि गर्दछ । विगतका नेपालका कुनैपनि संविधानले धार्मिक लडाई सिर्जना गर्ने काम भएन, बरु धार्मिक सशिष्णुताको परिपक्वता जाहेर ग¥यो र भोलि पनि यही सदभाव कायम गर्ने नै छ । पोपहरुको राज्य चल्ने रोमको भेटिकन सिटी नितान्त ईसाईहरुको मुल स्थल हो । जहाँबाट संसारका क्रिश्चियनहरुको ाज चल्छ उक्त राज्य क्रिश्चियन राज्य नै हो । साउदी अरब जहाँ विश्वका मुस्लिम सम्प्रादायका आस्थाको केन्द्र बनेको मक्कामदिनालाई पवित्र तर्थिस्थलको रुपमा लिने गर्दछन् उक्त साउदी अर राज्य मुस्लिम राज्य नै हो । जहाँ जुन धर्मालम्बीहरुको बाहुल्यता रहन्छ सापेक्ष रुपमा त्यो राज्य धमृनिरपेक्ष राज्य हुन सक्दैन् यसैकाण नेपाल पनि त्यसबाट पछुतो हुनै सक्दैन् । यसैले नेपाल हिन्दुराज्य नै हो । नेपालको संकविधान २०७२ को धारा ४ उपधार (१) ले नेपालले अनाधीकालदेखी मान्दै आएको सनातन हिन्दु वैभवता, शालिनता र सभ्यतालाई धुलोमा मिलाउँदै नेपाल धर्म निरपेक्ष राज्य हो भनि समग्र नेपाल र नेपालीको विरासतलाई उदाङ्गो पारेको छ । तर्सथ यो संविधान जनविरोधी दस्तावेज हो । त्यसैले यसलाई प्रतिगामी संविधान पनि भनिनछ ।

चर्चकालिन समयमा राजा र चर्चबीच अधिकारमा लडाईपर्ने हुँदा द्वन्द्व फैलिरहेको अवस्थामा क्याथोलिक र प्रोटोष्टेन्न धमाृलम्बी बने भने मुस्लिम समुदायमा आस्थाको केन्द्र जनताले चुनेको हुने वा बंशज मुल्लाह को हुने भन्ने विषयमा लामोसमय विवाद पर्दा सुन्नी र सिया समुदायको उदय भई आजपर्यन्त आन्तरीक जीवनमरणको धार्मि लडाई चलिरहेको छ ।

हिन्दु समुदाय खास गरी यसको जननी स्रोत नेपालमा यसप्रकारको कनै लडाई छैन् । कारण यसको विशिष्टता प्रतिकको स्रोत राजा मानिने हुँदा दिर्घकालीन शान्ति छाएको हो । हिन्दुधर्म युग सुहाउँदो रहेकोले विश्वमा आज हिन्दुधर्म प्रति जनआर्कषण बढ्दै गएको छ । पवित्र हिन्दुहरुको स्रोत र उद्गमस्थल नेपाल नै रहेको यो देश हिन्दु राज्य नै हो । तर, नेपालको संविधान २०७२ जारी गर्ने केही मुठ्ठीभरका व्यक्तिहरुले नेपाललाई गृहयुद्धमा फसाउने योजना अनुसार धर्म निरपेक्ष राज्य घोषणा गरेका हुन् । बहुसंख्यक हिन्दुहरुको बसोबास रहेको मुलुकमा धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य नै ठोस् निकास हो । यसतर्फ सम्बन्धित व्यक्ति संस्था र सरोकारवाला सबैको ध्यान पुग्न अनिवार्य छ । जय हिन्दु राज्य !