अन्नपूर्ण संरक्षण क्षेत्र भित्रिने बाह्य पर्यटकको वृद्धि

अन्नपूर्ण क्षेत्रको पर्यटनमा गतिलो शुरुवात

4387
views

गोपाल जिसी/यज्ञ बहादुर थापा
पर्वत, ११ वैशाख । सन् २०१६ मा १ लाख १४ हजार १ सय ४७ जना वाह्य पर्यटकहरु मुस्ताङ अन्नपुर्ण संरक्षण क्षेत्रमा भित्रिएका छन् । अन्नपूर्ण क्षेत्रमा सार्क मुलुकबाट १८ हजार पाँचसय १४ जना र अन्य मुलुकबाट ९५ हजार ६ सय ३३ जना पर्यटकहरु भित्रिएका हुन् । सन् २०१७ को मार्च महिनासम्म ३१ हजार एकसय ९८ जना वाह्य पर्यटकहरु भित्रिएको बताइएको छ ।

गतबर्षको पुरै समय र सन् २०१७ मार्चसम्मको तथ्याङ्कलाई मध्यनजर गर्दा हालैको बर्षमा अन्नपूर्ण संरक्षण क्षेत्र भित्रिने पर्यटकहरु बढेका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आउने पर्यटकहरुमा महिला पर्यटकको संख्या बढ्दो छ । यसबर्ष अन्य मुलुकबाट ७ हजार २ सय ६५ जना महिला र ७ हजार ८ सय १५ जना पुरुष र सार्क मुलुकबाट १६ सय ५४ जना महिला, १४ सय ५४ जना पुरुष पर्यटकहरु पर्यटनका लागि अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिएका हुन ।

अन्नपूर्ण संरक्षण क्षेत्र आउने वाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण आयोजना पोखराकी पर्यटन अधिकृत रश्मी आचार्यले बताउनुभयो । उहाँ भन्नुहुन्छ– ‘ अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिने पर्यटकका लागि वैकल्पिक पदमार्गको आवश्यकता रहेको हुनाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्र्तगत विभिन्न ठाउँमा वैकल्पिक पदमार्गहरुको खोजीभैसकेको छ ।’ ‘‘अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले आगामी कार्यक्रममा पदमार्गलाई विकास र प्रर्वद्धन गर्न विशेष जोड दिएको छ ।’’

 

पर्यटक मौसम शुरु भएकोले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का ‘लेतेदेखि माथि मुक्तिनाथसम्मका होटलहरु समेत बुकिङ भएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक भित्र्याउन अन्नपूर्ण क्षेत्र आयोजना अन्र्तगतका ईलाका संरक्षण कार्यालयहरु जोमसोम, लोमान्थाङ, मनाङ, सिग्लेस, घान्द्रुक, ल्वाङ र भुजुङले प्राकृतिक स्रोत संरक्षण, जीविकोपार्जन, वैकल्पिक उर्जा, संरक्षण शिक्षा, पर्यटन लगायतका कार्यक्रमहरु गर्दै आएको रश्मि आचार्यको भनाई छ ।

पर्यटकीय स्थलहरुमा विस्तार भएको सडक सञ्जालले पर्यटकलाई असहजता पैदा हुने गरेको छ । अन्नपूर्ण क्षेत्रमा भित्रिने पर्यटकहरुका लागि अन्य मुलुकबाट भित्रिने प्रतिपर्यटकले नेपाली दुईहजार रुपैयाँ र सार्क मुलुकका पर्यटकहरुले दुईसय रुपैयाँ शुल्क तिर्ने गरेका छन् ।

                                                                                                                                        तस्विरः–निरज थकाली/रश्मी आचार्य