एसिड हमला प्रकरणमा अभिनेत्रीका प्रेमी गिरफ्तार

823
views

एजेन्सी ११ वैसाख । पूर्वी लण्डनको एक नाइट क्लबमा आइतबार भएको एसिड हमलाको घटनामा एक टेलिभिजन अभिनेत्री फेरने म्याकनका ब्वाइफ्रेन्डलाई हत्याको प्रयास गरेको आरोपमा गिरफ्तार गरिएको छ ।

२५ वर्षीय आर्थर कोलिनसँग प्रहरीले सोधपुछ गर्न चाहेको थियो र ‘ओन्ली वे इज एक्सेस’ की अभिनेत्रीसँग उनलाई सुम्पिन भनिएको थियो ।

१७ अप्रिलमा क्लबमा म्यागल ई८ मा भएको एसिड आक्रमणको विषयमा एक २१ वर्षीय व्यक्ति आन्द्रे फिनिक्सलाई समेत आरोपी बनाइएको थियो । उनीमाथि ७ जनालाई गम्भीर घाइते बनाएको आरोप छ ।

यस एसिड हमलामा २० जना घाइते भएका छन् । नगर प्रहरीका अनुसार एक व्यक्ति र एक २२ वर्षीया महिला दुवैको आँखाको ज्योति गुमेको छ । गम्भर रुपमा जलेर घाइते भएकाहरुको उपचार भइरहेको छ ।

सोमबार फेनिक्सलाई थेम्स मजिस्ट्रेट अदालतमा पेश गरिएको छ । यो एसिड हमलामा कुन पदार्थको प्रयोग गरिएको थियो भन्नेबारेमा पत्ता लागिसकेको छैन । यसै घटनालाई लिएर पक्राउ परेका एक २४ वर्षीय युवक भने रिहा भएका छन् ।