पर्वतमा १२ प्रकारका निर्वाचन सामाग्री भित्रिए

पर्वतमा ९९ हजार दुईसय ४३ मतदाता, १६ दल दर्ता

1299
views

निर्मल पौडेल
पर्वत, ११, बैशाख । पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकाका ९९ हजार दुईसय ४३ मतदाताका लागि १२ प्रकारका निर्वाचन सामाग्री भित्रिएका छन् । निर्वाचनका लागि आवश्यक ६० प्रकारका सामाग्री मध्ये सोमवार १२ प्रकारका सामाग्री मात्र भित्रिएका हुन् । पर्वतमा दुई नगरपालिका र पाँच गाउँपालिका रहेका छन् जसअन्र्तगत कुश्मा नगरपालिकामा २५ हजार १ सय ६५ मतदाता रहेका छन् भने फलेवास नगरपालिकामा १९ हजार १ सय २८ मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।
यसैगरी पाँच गाउँपालिकामा जलजला गाउँपालिका १३ हजार ७३, पैयूँ गाउँपालिका, ९ हजार ८ सय ९ र महाशिला गाउँ पालिकामा ७ हजार २ सय ३६ मतदाता संखया रहेका छन् । गाउँपालिकाकै मोदी गाउँपालिकामा १५ हजार ६ सय ४२, विहादी गाउँपालिकामा ९ हजार १ सय ९० जना मतदाता रहेको निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्वतले राजनीतिक दलहरुको समेत अद्दावधिक गरेको छ । पर्वतमा १६ दल दर्ता भएका छन् । ति मध्ये नेपाली काँग्रेस, नेकपा एमाले नेकपा माओवादी केन्द, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघिय समाजवादी फोरम नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, अखण्ड नेपाल पार्टी, राष्ट्रिय जनमुतिm पार्टी, नेपाल दलित पार्टी, नयाँशक्ति पार्टी, नेपाल, देशभक्त समाज पार्टी, नेकपा माले (जनसमाजवादी), नेपाल पुर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाईटेड ग्रीन अर्गनाइजेसन रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचन पर्वतमा १० दलले चुनाव चिन्ह प्राप्त गरेका छन भने बाँकी ६ दलले स्वतन्त्रबाट उम्मेदवारी दिनुपर्ने भएका छन् । पर्वतमा १२ प्रकारका निर्वाचन सामाग्री भित्रिएका हुन ।