नेपाली काँग्रेस पाङराङले उम्मेदवार चयन गर्यो

803
views

सन्तोष पाठक
पर्वत, ११ बैशाख । फलेवास नगरपालिकाको वडा नं ११ पाङराङमा नेपाली काँग्रेसले पाँचजनलाई उम्मेदवार चयन गरेको छ । शेर बहादुर सुनार, टेक बहादुर पाठक, पूर्ण बहादुर कुँवर, माया पाठक र माया नेपालीलाई उम्मेदवार चयन गरेको हो ।
नेपाली काँग्रेस गाउँ पार्टी  पाङराङले वडाअध्यक्षमा शेर बहादुर सुनार, खुल्लाबाट सदस्यमा टेक बहादुर पाठक, पूर्ण बहादुर कुँवर र समावेशीबाट माया पाठक, दलित प्रतिनीधित्व गर्नेगरी माया नेपालीलाई चयन गरेको छ ।
काँग्रेसको पकड क्षेत्र मानिएको पाङराङमा आफ्नो पोल्टामा अत्यधिक बहुमत रहेको नेपाली काँग्रेस पाङराङले दाबी गरेको छ । उम्मेदवार चयनपछि प्रचार प्रसारमा जुटेको अध्यक्षका उम्मेदवार शेर बहादुर सुनारले बताए ।