उम्मेदवार छनौट गर्न काँग्रेसलाई सकस

807
views

काठमाडौ, १२, बैशाख । नेपाली कांग्रेसलाई स्थानीय तह निर्वाचनका लागि उमेद्वार छनोट गर्न सकस परेको छ । उमेद्वार छनोटमा नेताहरुकै मत बाझिएपछि कांग्रेसले उमेद्वार छनोटका लागि पुरानै नीतिलाई कायम राखेको छ ।
यसैवीच आज विहान देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकमा समेत उमेद्वार छनोटका विषयमा नेताहरुवीच मत बाझिएको थियो ।
सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा नेता बालकृष्ण खाँणले उमेद्वार छनोट समितिमा महासमिति सदस्य र महाधिबेशन प्रतिधिलाई समेत सहभागि गराउनुपर्ने माग राखेपछि अर्का नेता रामचन्द्र पौडेलले त्यसको ठाडै अस्वीकार गरेका थिए ।
खाडको सो प्रस्तावप्रति बरिष्ठ नेता रामचन्द्र पौडेलले ठाडै अस्वीकार गरेपछि पौडेल बैठकमा मतभेद भएको थियो ।
श्रोतका अनुसार स्थानीय तहका उमेद्वार तय गर्दा महासमिति सदस्य र महाधिबेसन प्रतिनिधी सामेल गराउँदा चुनाव जित्न सजिलो हुने भन्दै खाडले ती सदस्यलाई छनोट सममितिमा राख्नुपर्ने धारणा राखेका थिए ।
तर, खाडको प्रस्तावप्रति पौडेलले ठाडै अस्वीकार बैठकले कुनै निर्णय गर्न नसक्दा पहिला भएको निर्णय अनुसार नै गाउ, इलाका र क्षेत्र हुँदै जिल्ला कमिटिले अन्तिम निर्णय गर्ने गरी उमेद्वार छनोट गर्ने निर्णय भएको छ ।
त्यसका लागि कांग्रेसले ७५ वटै जिल्लामा केन्द्रका एक प्रतिनिधि खटाइसकेको छ भने मेयर र उपमेयरको अन्तिम टुङगो लगाउने अधिकार पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको छ ।
आज पार्टीको घोषणापत्र सार्वजनिक गर्न लागेको कांग्रेसले यसलगत्तै उमेद्वारको टुङगो लगाउनेछ । पार्टीको घोषणापत्र र उमेद्वारबारे टुङगो लगाउन आज बसेको पदाधिकारी बैठकमा नेताहरु गोपालमान श्रष्ठ, प्रकाशमान सिंह, कृष्ण सिटौला, रामशरण महत, प्रकाशशरण महत, पुर्णबहादुर खड्का लगायतका नेताहरु सहभागि थिए ।