प्रतिपक्षी दलको आक्रोष– एमालेद्वारा संसद बैठक अवरुद्व

747
views

काठमाडौं, १२ बैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेको छ । निर्वाचन मिति घोषणा भइसकेपछि स्थानीय तहको संख्या बढाउन खोजिएको र अनेक बहाना बनाएर निर्वाचन नगर्न खोजिएको लगायतका आरोप लगाउँदै एमालेले संसद बैठक अवरुद्ध पारेको हो । संसद बैठक प्रारम्भ हुनसाथ एमाले सांसद गंगालाल तुलाधरले सरकारले स्थानीय निकाय पुर्नसंरचना आयोगको प्रतिवेदन खण्डित हुने गरी स्थानीय तह संख्या थप्न खोजेको आरोप लगाए ।उनले विषयमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले जवाफ नदिएसम्म सदन अघि बढ्न नसक्ने अडान लिए ।
सो लगत्तै एमाले सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो । एमालेको अवरोधपछि सभामुख ओनसरी घर्तीमगरले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेकी छन् ।