‘सरकारलाई चुनावी खेती, ‘तादी गाउँपालिकामा उप्रेती’

1305
views

नुवाकोट १२ बैशाख । नुवाकोट तादी गाउँपालिकाबाट नेपाली काँग्रेसकी प्रखर नेतृ स्वेच्छा उप्रेतीले उम्मेदवारी दिने उद्घोषपछि नुवाकोट तादी गाउँपालिकामा चुनावी रौनक छाएको छ । एमविएस प्रथम बर्षमा अध्ययनरत उप्रेतीले तादी गाउँपालिकामा उम्मेदवारी दिने निर्णपछि चुनावी रौनक छाएको हो । जिल्लाको युवा नेतृका रुपमा चिनिदै आएकी उनी नेपाली काङ्ग्रेस नुवाकोटकी क्रान्तिकारी खम्बा नेतृका रुपमा छवि बनाएकी छन् । स्वेच्छा उप्रेतीलाई नेपाली काँग्रेस नुवाकोटले टिकट दिने सम्भावना बढ्दै गएको काँग्रेसले जनाएको छ ।
नेपाल विद्यार्थीसंघ नुवाकोटमा आबद्ध उप्रेतीले एनआर कलेज नेपालटारको नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेकी थिईन् ।
पछिल्लो समयमा पुरुषले भन्दा महिलाले उदाहरणीय काम गर्न सक्छन भन्ने सदैव उत्साह बोक्ने उप्रेतीले समाज परिबर्तन गर्न कठोर मेहनत गर्नुपर्ने लक्ष्य रहेको बताईन् ।
नेतृत्व कलामा पोख्त उनले उपप्रमुखबाट पनि तादी गाउँपालिकालाई बदल्न सक्ने क्षमता रहेको बताईन् । उनले भनिन् ‘म विभिन्न गैरसरकारी संघ सस्था मार्फत समाज सेवामा समर्पित हुदै आएकी छु, सञ्चार क्षेत्रबाट नेपाललाई नियालिरहेकी मैले तादी गाउँपालिकाको उपप्रमुख भई ५ बर्ष भित्रमा सामाजिक, आर्थिक एबम प्राबिधिक रुपमा जनताको जीवनस्तर उकास्न सफल हुनेछु ।’’ सुन्दर एबम समृद्ध समाज निर्माण गर्ने लक्ष्य लिएर चुनावी मैदानमा भिड्ने तयारी गरेकी उप्रेतीले जनताले चाहे जनमत उर्लिने धारणा राखिन् । उमेरले २३ बर्ष पुगेकी उप्रेती साबिक नर्जामण्डप गाविसवासी हुन् । तादी गाउँपालिकाको आर्थिक विकास, स्वास्थ्य, शिक्षा, रोजगारसँगै भौतिक पूर्वाधार निर्माणलाई अगाडी बढाउने प्रतिवद्धताका साथ चुनावी मैदानमा उत्रिने प्रण गरेकी उप्रेतीले व्यक्तिले नभई काँग्रेसले चुनाव जित्नुपर्ने भन्दै आफ्नो उम्मेदवारीको दाबी गरेको बताईन् ।
उनलाई नेपाली काँग्रेसले उम्मेदवार बनाउने प्रबल सम्भावना बढ्दै गएको नेपाली काँग्रेस नुवाकोटले जनाएको छ । देशमा ६८ दल र मधेसी मोर्चाको विवादका बीच गर्दैछ चुनावको खेती, तादी गाउँपालिकामा प्रखर युवा नेतृ स्वेच्छा उप्रेती’’ ले चुनावी रौनक दिएकी छन् ।