बाबुराम भट्टराईको अर्को सफलता फोरम नेपाल र नयाँ शक्तिबीचको एकिकरण हुने

733
views

काठमाडौँ, १२, वैशाख । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने भएको छ । एकीकरण प्रकृयाको शुरुवातसँगै ती दुई दल एउटै पार्टी एउटै मसाल चिन्हमा चुनाव लड्ने भएको छ ।
मसाल छाप उपेन्द्र यादव नेतृत्वको फोरम नेपालको रहेको रहेपनि दुवै पार्टीले सो चुनाव चिन्हबाट चुनाव लड्ने जानकारी आयोगले गराइसकेको छ । यसअघि चुनाव चिन्ह नपाएको भन्दै नयाँ शक्ति नेपालले आन्दोलन गर्दै आइरहेको थियो । फोरम नेपाल स्रोतका अनुसार बैशाख १९ गतेभन्दा पहिले दुई दलबीच एकीकरण हुने निश्चित भएको छ ।
लगभग उपेन्द्र यादव नै अध्यक्ष रहने सहमति भएको छ यद्यपी यस विषयमा दुई दलका अध्यक्षहरु आपसमा बसेर टुंग्याउन बाँकी छ । चुनाव चिन्ह फोरम नेपालको रहनेछ भने झण्डा नयाँ शक्ति नेपालको रहने तय भइसकेको छ ।
मधेशी मोर्चामा आवद्ध छ दलले एकीकरण गरेपछि यी दुई दलबीचमा एकीकरणका लागि दवाव परेको बताइएको छ । यी दुई दलमा एकीकरण नभए मधेशमा समस्या हुने विश्लेषण गरेर नै यी दुई दल एकीकरणका लागि तयार भएको स्रोतको दावी छ ।।