नयाँ प्रतिभाहरुको उदय सारथि खोज्दै सारिका (फोटो फिचर)

1585
views

काठमाडौं । नेपाली कला क्षेत्रमा नयाँ नयाँ प्रतिभाहरुको उदय हुने क्रमले बाढीकै रुप लिएको छ भन्दा फरक पर्दैन । फरक यति मात्र हो कि कोही टिकाउ भएर अडिग छन् भने कोही आफ्नै कारणले पलायन पनि भएका छन् । यसरी पलायन हुनुमा बढ्दो प्रविधिको विकास र आफूलाई त्यही विकासको रफ्तारमा अघि बढाउँन नसक्नु लगायतका कारणहरु रहेका छन् । तर जे होस् नवोदित प्रतिभाहरुको मोह भने घटेको छैन । यस्तै प्रसस्त रहर बोकेर प्रवेश गरेकी युवती हुन् सारिका सुनार । गोरखा जिल्लाको साविकको ताकुकोट निवासी सुनारले तीन वर्ष अघिबाट कलाकारितामा पाईला टेकेकी हुन् । यो अवधिमा उनले दर्जनको हाराहारीमा म्युजिक भिडियो र तीन दर्जन हाराहारी स्टेज कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेर दर्शकको मन जिति सकेकी छिन् ।
उनले पहिलो पटक अभिनय गरेको गीत जहाँ छ जिवन त्यहीं नै हेर रहेको थियो । हुन पनि त्यो गीत संयोग मात्र होईन यथार्थ नै भयो किन भने उनी त्यति बेला बैदेशिक रोजगारको सिलसिलामा आफ्नो भाग्य खोज्दै दुबई मा पुगि सकेकी थिईन् ।
दुबईमा रहेर नै उनले आफ्नो क्यरियर बनाई रहेकी छिन् । उनलाई रहर छ कलाकारितामा आफ्नो भविष्यको सारथी बनाउँने तर के गर्नु रु यहाँ आँटेका सबै रहर पुरा हुने भएको भए मान्छेले सपना मात्र देखेर बस्नु पर्ने थिएन । अनलाईनखबर पाटीसँगको सम्पर्कमा उनले दुखेसो पोखिन् । आफ्नो जिवनको सहयात्री कलाकारिता बनाउँने सारिकाको सोचमा देशको युवा बेरोजगारीले असर पार्न नखोजेको होईन तर जहाँ हिम्मत त्यहाँ सफलताको सुत्रमा हिडेकी उनको प्रवेशलाई कुनै कुराले रोक्न सकेन न त निरन्तरतामा नै असर गरेको छ । बरु जति वटा प्रस्तुति उनले दिईन त्यसमा दर्शकको वाह वाहीले उनलाई थप उर्जा दियो ।
उनले आफ्नो सफल यात्राको मार्ग दर्शकका रुपमा आफ्नो बुवा अर्जुन सुनार र आमा ज्ञानु सुनारलाई मान्छिन् । उहाँहरुको हौसलाले नै मैले मेरो सानै देखिको ईच्छा पुरा गर्ने क्षेत्र पाएकी छु सारिकाले भनिन् । छिट्टै नै तीन वटा भिडियो एकै साथ सार्वजनिक गर्ने तयारीमा रहेकी सारिका सपना पुरा गर्न आफैंले मेहनत गर्नु पर्ने बताउँछिन् ।