काठमाडौं १३, बैशाख । क्रान्तिकारी पत्रकार महासंघ ललितपुरका जिल्ला संयोजक दामोदर खनालले मंगलबार एक वक्तव्य जारी गरी सहमति विपरीत महासंघका केन्द्रीय प्रतिनिधि र निर्वाचन समितिले षड्यन्त्रपूर्वक मध्यरातमा कार्यसमिति र पार्षद्मा नाम घोषणा गरेको भन्दै उनले यो निर्णय अमान्य हुने जनाएको छ । संगठनले निर्णयप्रति आपत्ति जनाउँदा जनाउँदै निरंकुशतापूर्वक सहमति विपरीत नाम घोषणा गरेको भन्दै उक्त कार्यको क्रान्तिकारी महासंघले घोर भत्र्सना
एवम् कडा शब्दमा निन्दा गरेको छ । निर्णय सच्याउन दबाब स्वरुप महासंघले नेपाल पत्रकार महासंघको शाखा कार्यालय ललितपुरमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
नयाँ निर्वाचित कार्यसमितिले पदभार ग्रहण गर्नु अगावै ताला लगाउँदै क्रान्तिकारी पत्रकार महासंघ, ललितपुरले भनेको छ, “नेपाल पत्रकार महासंघ ललितपुरको दशौ अधिवेशनमा सबै पत्रकार संगठनबीच सहमतिमा जिल्ला शाखाको नयाँ कार्यसमिति, केन्द्रीय पार्षद् र प्रदेश पार्षद् चयन गर्ने क्रममा हाम्रो संगठनसँग केन्द्रीय पार्षद्मा ३ जना (बुद्धि विक, इन्द्र राउत र दामोदर खनाल) र प्रदेश पार्षद्मा ४ जना (किरण भट्टराई, धनमाया निरौला, टीकाप्रसाद भट्टराई र अनित पाण्डे) को मा अन्तिम सहमति भएको थियो । तर त्यो सहमति विपरीत मध्य रातमा महासंघका केन्द्रीय प्रतिनिधि र निर्वाचन समितिले षड्यन्त्रपूर्वक नाम घोषणा गरे । यसप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।यसरी मध्यरातमा घोषणा गरिएको नयाँ कार्यसमिति, केन्द्रीय पार्षद् र प्रदेश पार्षद्को नाम हाम्रो संगठनलाई कदापि मान्य हुने छैन । हाम्रो संगठनले आपत्ति जनाउँदा जनाउँदै गलती सच्याउनुको सट्टा महासंघका केन्द्रीय प्रतिनिधि र निर्वाचन सहमतिले देखाएको निरंकुश व्यवहारप्रति हाम्रो संगठन घोर भत्र्सना एवम् कडा शब्दमा निन्दा गर्दछ । अधिवेशनको पाँच दिन वित्तिसक्दा पनि उक्त निर्णय नसच्याइएको पाइएकोले महासंघको ललितपुर शाखामा अनिश्चितकालीन तालाबन्दी गर्न वाध्य भएको व्यहोरा सम्बद्ध सबैमा जानकारी अनुरोध छ ।
यथाशिघ्र उक्त निर्णय सच्याई सहमति कार्यान्वयन गर्न सम्बद्ध पक्षसँग हाम्रो संगठन जोडदार माग गर्दछ ।”







एवम् कडा शब्दमा निन्दा गरेको छ । निर्णय सच्याउन दबाब स्वरुप महासंघले नेपाल पत्रकार महासंघको शाखा कार्यालय ललितपुरमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।


