प्रहरी र राष्ट्रिय युवा जनस्वयंसेवकको टकराव काबु बाहिर जाँदै (विज्ञप्ती सहित)

887
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, १३ बैशाख । नेत्रबिक्रम चन्द वि
प्लब निकट राष्ट्रिय युवा जनस्वयंसेवकले ललितपुर घटनालाई गम्भिर रुपमा लिएको भन्दै एक विज्ञप्ती प्रकापिशत गरेको छ ।
प्रहरीले राष्ट्रिय युवा जनस्वयंसेवक ललितपुरका जिल्ला अध्यक्ष सुरेश लामालाई बैशाख ११ गते दिउसो लगनखेलबाट पक्राउ गरेपछि लामालाई तत्काल नछोडे त्यसबाट उत्पन्न हुने परिणामको जवाफ प्रहरी र प्रशासनले लिनुपर्ने केन्द्रिय अध्यक्ष झक बहादुर मल्लले एक विज्ञप्ती प्रकाशित गरी चेतावनी दिएका छन् ।
विज्ञप्तीमा अगाडी भनिएको छ– शान्तिपूर्ण रुपमा बाटोमा हिडिरहेको बेला संघ संगठनमा आवद्ध हुन पाउने नैर्सगिक हक अधिकारको उलंघन गरी निहत्था नागरिकलाई गिरफ्तार गर्ने कार्य निन्दनीय छ । उक्त कार्यको घोर निन्दा र भत्र्सना गर्दै प्रहरीद्धारा गिरफ्तार सुरेश लामालाई अविलम्ब रिहाईको माग गर्दछौं । अन्यथा त्यसबाट उत्पन्न हुने परिणमको जवाफ स्वयं प्रहरी र प्रशासनले नै लिनुपर्नेछ ।