विद्यार्थीको ढाडसेक्ने विद्यालयलाई खोजीखोजी ढाडसेक्न–विप्लबको निर्देशन

1065
views

जित क्षेत्री
अत्तरिया, १३ बैशाख । नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी अत्तरियाले नयाँ शैक्षिक सत्र चलिरहेको बेला निजि विद्यालयहरुले लिईरहेको भर्ना शुल्क र मासिक शुल्कको आजबाब अनुगमन सुरु गरेको छ । निजी बिद्यालयहरुले गत बर्षको तुलनामा यस बर्ष बिद्यार्थीहरुको ढाड सेक्ने गरि शुल्क लिईरहेको भन्ने अभिभावक र बिद्यार्थीहरुको जनगुनासो बढ्न थालेपछि अखिल क्रान्तिकारीले अनुगमन सुरु गरेको अत्तरिया ईन्चार्ज महेश पातलीले बताउनुभयो । अनुगमनको क्रममा निजि विद्यालयहरुले मनपरी शुल्क लिएको पाइयमा तेस्ता बिद्यालयहरुलाई कडा कारबाही गर्ने अखिल क्रान्तिकारीले जानाएको छ ।