विद्यार्थीको ढाड सेक्ने नीजि विद्यालयमा ताला

796
views

काठमाण्डौ, १४, बैशाख । विद्यार्थीको ढाडसेक्ने गरी काठमाण्डौका ४५ विद्यालयले चर्को शुल्क असुलेको भन्दै विद्यार्थी संघ, संगठनले बुधबारदेखी लगाएको ताला अझै खुलेको छैन् । प्रति विद्यार्थीलाई बार्षिक डेढलाख रुपैयाँको हाराहारीमा शुल्क लिएको भन्दै सबै विद्यार्थी संगठन मिलेर काठमाण्डौका आईडेल अंग्रेजी स्कुल सहित ४५ विद्यालयमा ताला लगाइएको नेपाल विद्यार्थी संघका केन्द्रिय नेता प्रेम शाहीले बताउनुभयो । शुल्क वृद्धि नियन्त्रण गर्न माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुले बुधबार उपत्यकाका ४५ वटा नीजि विद्यालयमा ताला लगाएका हुन् । एमाले निकट अनेरास्ववियुका महासचिव ऐन महरका अनुसार शुल्क वृद्धि नियन्त्रण काठमाण्डौका रातो बङ्गला, नाइटिङ्गेल, रेडियन्ट, ह्वाइटफिल्ड, स्वर्णिम, माउन्ट ग्ल्वरी, भीएस निकेतन, गीताञ्जली, रेड्न, फ्लोरिसेन्ट, अपि, ज्ञान निकेतन, काठमाडौं विद्याकुन्ज, काव्य, पुष्प सदन, विभूती, कन्चनजङ्घा, प्यारागन, संस्कृति स्कुलमा ताला लगाइएको छ । त्यस्तै एक्सलसियर, दिब्यज्ञान, डल्लु आवासीय विद्यालय, काठमाडौं भ्याली स्कुल, ट्रिनीटी, रोजबर्ड, ओलम्पिया, नोबेल, पाठशाला, चेल्सी, अक्सिडेल्टल, आइडियल स्कुल, प्रीमियर, जेम्स, युनाइटेड, टेक्सास, त्रियोग, युरोकिङ्गस, आइडियल, मार्बलस स्कुल, बाबा, रिलायन्स, बागमती, युलेन्स, डेफोडेल, क्षशिलालगायतका स्कुलमा पनि ताला लगाइएको छ । स्कुलको प्रशासन र लेखाशाखामा ताला लागेको छ । ती स्कुलहरुले सरकारी निकाय र अभिभावकसँग परामर्श नै नगरी आफूखुशी शुल्क लिइरहेको विद्यार्थीको दाबी छ । मनपरी शुल्क लिने स्कुललाई कानुनको दायरामा ल्याउन नसकेको भन्दै विद्यार्थी शिक्षा मन्त्रालयसँग पनि रुष्ट छन् । आन्दोलन अन्तर्गत अाज बिहीबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र एन प्याब्सनको कार्यालयमा पनि ताला लगाइने विद्यार्थीले बताएका छन् ।